वाणिज्य बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालन

काठमाडौं, कात्तिक २६
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी, कैलालीको समुद्घाटन सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका माननीय मुख्य मन्त्री त्रिलोचन भट्टले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच सोमबार समुदघाटन गरेका हुुन् । सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले सरकारको लगानीमा सञ्चालित संस्थानहरूको कार्यसम्पादन विगतमा सन्तोषजनक नभए पनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताउँदै सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकहरूलाई समान व्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ सेवा प्रवाहका लागि ‘सेवासहितको नाफा र नाफासहितको सेवा’ प्रवाहमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानीय तहमा बैंकिङ सेवा पु¥याउँदै जाने प्रतिबद्धता व्यक्त गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा सार्थक पार्न बैंक तथा वित्तीय संस्थाहरूको अहम् भूमिका हुने बताउँदै त्यसमा राष्ट्रिय वाणिज्य बैंकले अग्रणी भूमिका निर्वाह गर्ने बताए ।बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रणबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा ५ नम्बर प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीले स्वागत मन्तव्य तथा ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा परशुराम नगरपालिका, डडेलधुराका मेयर भीमबहादुर साउद, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, स्थानीय राजनीतिक दलका प्रतिनीधि, समाजसेवी, प्रहरी, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले गत आव २०७५/०७६ मा पाँच अर्ब ३२ करोड रूपैयाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप एक खर्ब ९० अर्ब रूपैयाँ, कर्जा एक खर्ब ४४ अर्ब रूपैयाँ रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुुई सय ३८ वटा शाखा कार्यालय, दुुई सय पाँच वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकले बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहुँचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरू लक्षित बैंकिङ कारोबार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी बैंकिङ सेवाहरू प्रवाह गरिरहेको छ । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com