अलिबाबाको ११.११ मेला : एकै मिनेटमा बिक्री भयो एक अर्ब डलरका सामग्री

शांघाई, कात्तिक २६
चिनियाँ उपभोक्ताले एकै दिन सोमबार एक अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्विफ्टले गरेकी थिइन् । चीनमा पछिल्ला वर्षहरुमा ‘वर्षमा एक दिन’ (सिंगल्स डे) नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ र यस दिन चिनियाँ नागरिकले सस्तोमा सामान किन्न पाउँछन् । इ–कमर्स कम्पनी अलिबाबाले ६८ सेकेन्डभित्रै एक अर्ब अमेरिकी डलरबराबरको सामान बिक्री गरेको जनाएको छ । अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्सदेखि लत्ताकपडा र घरायसी सामान बिक्री भएका थिए ।

अलिबाबाले गत वर्षको तुलनामा यसवर्ष ४३ मिनेटअघि नै अलि–पेमार्फत सम्पूर्ण भुक्तानी प्रक्रिया टुंग्याएको जनाएको छ । अलि–पेका अनुसार ६३ मिनेट ५९ सेकेन्डमै १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार गरेर नयाँ रेकर्ड समेत बनेको छ । अलिबाबाले चीनमा यस किसिमको खरिद दिनको आयोजना गर्न थालेको ११औं वर्ष पुगेको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनियाँ उपभोक्ताको मनस्थिति बुझ्न पनि यस कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिन्छ ।

चीनको अर्थतन्त्र अहिले मन्दीतर्फ अग्रसर रहेको र अमेरिकासँगको व्यापार युद्ध चलिरहे पनि खुद्रा बिक्रीको अवस्था राम्रो देखिएको छ । एक दिने खरिद अर्थात् ११.११ (नोभेम्बर ११) भनिने यस दिनलाई चिनियाँ अविवाहित (सिङ्गल्स) को दिन पनि भनिन्छ । यस कार्यक्रमका अवसरमा व्यापारिक सहर शांघाईमा विशेष समारोह आयोजना गरिएको थियो । मध्यरातबाट सुरु हुने यस खरिदको शुभारम्भ अमेरिकी ग्रामी अवार्ड विजेता कलाकार टेलर स्विफ्टले विशेष समारोहबीच गरेकी थिइन् । गत वर्ष २४ घण्टे यस कार्यक्रममा अलिबाबा प्लेटफर्मबाट मात्र ३० अर्ब ७० करोड बराबरको सामान बिक्री भएको थियो । तर अघिल्लो वर्षको तुलनामा व्यापारमा सामान्य मन्दी आएको छ ।

अमेरिकामा सूचीकृत अलिबाबाले यसै महिनाको सुरुमा कम्पनीको बिक्री निकै बलियो देखिएको छ तर कम्पनीको समग्र वृद्धि भने झण्डै ४० प्रतिशतले घटेको छ । तर यस वर्षको सिङ्गल्स डे कार्यक्रम पहिलोपटक अलिबाबाका सहसंस्थापक ज्याक माको अनुपस्थितिमा सम्पन्न भएको थियो । ज्याक माले गत सेप्टेम्बरमा अलिबाबा समूहको नेतृत्वबाट राजीनामा दिएका थिए । (रासस/एएफपी) 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com