इरानले ५३ अर्ब ब्यारेल तेल खजाना भेट्टायो

तेहरान, कात्तिक २६
इरानले ठूलो परिमाणमा तेल रहेको स्थान फेला पारेको दाबी गरेको छ । राष्ट्रपति हसन रुहानीले नयाँ ‘आयल फिल्ड’ले इरानको तेल सञ्चिति बढाउने बताएको बीबीसीले जनाएको छ । दक्षिण पश्चिम प्रान्त खुजेस्तानमा २४ सय वर्गकिमि क्षेत्रमा तेल खजाना रहेको बताइएको छ । उक्त क्षेत्रमा ५३ अर्ब ब्यारेल कच्चा तेल रहेको दाबी गरिएको छ । अमेरिकी प्रतिबन्धको सामना गरिरहेको इरानले आफ्नो देशमा उत्पादित तेल बिक्रीमा ठूलै संघर्ष गरिरहेको छ । गत वर्ष ट्रम्प प्रशासनले आणविक सम्झौताबाट हात झिकेर इरानमाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ ।

‘हामीले ५३ अर्ब ब्यारेल कच्चा तेलको खजाना फेला पाएका छौँ’, राष्ट्रपति रुहानीले भनेका छन्, ‘यो निकै ठूलो आयल फिल्ड हो, जो २४ सय वर्गकिमि क्षेत्रमा फैलिएको छ ।’ उक्त क्षेत्र बोस्टनबाट ओमिदियसम्म फैलिएको र तेलको तह ८० मिटर गहिराइसम्म रहेको उनले दाबी गरेका छन् । याज्द सहरमा एक कार्यक्रममा भनाइ राख्दै रुहानीले उक्त जानकारी दिएका हुन् ।

उक्त आयल फिल्डबाट एक प्रतिशत मात्रै तेल झिक्न सके इरानले ३२ अर्ब अमेरिकी डलर तेलबाट कमाउने बताइएको छ । ‘म ह्वाइटहाउसलाई भन्न चाहन्छु, तिमीहरुले इरानी तेल बिक्रीमा प्रतिबन्ध लगाएका छौ तर हाम्रा मजदुर र इन्जिनियरहरुले ५३ अर्ब ब्यारेल कच्चा तेलको खजाना फेला पार्न सफल भएका छन्’, रुहानीको भनाइ उद्धृत गर्दै इरानी फार्स समाचार संस्थाले भनेको छ ।

नयाँ तेल खजाना इरानको दोस्रो ठूलो हुनेछ । अवाजमा रहेको ६५ अर्ब ब्यारेल तेल खजानालाई इरानकै ठूलो तेल खजाना मानिने समाचार संस्था एपीले जनाएको छ । इरान विश्वका ठूला तेल निर्यातकमध्ये एक मानिन्छ । तेल बेचेरै इरानले अर्बौँ डलर प्रतिवर्ष आम्दानी गर्छ । रुहानीले प्रमाणित तेल खजानामा १ सय ५० अर्ब ब्यारेलको तेल रहेको दाबी पनि गरेका छन् । इरानमा विश्वकै चौथो ठूलो तेल सञ्चिति र दोस्रो ठूलो ग्यास सञ्चिति रहेको छ । कतारसँगको पर्सियन खाडीमा ठूलो अफशोर (समुद्री किनारानजिकै) तेल क्षेत्र रहेको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com