बाढीबाट विस्थापित केन्यालीलाई राष्ट्रसंघको राहत

नैरोबी, कात्तिक २६
संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रम (डब्लुएफपी) ले बाढीबाट विस्थापित केन्यालीलाई हेलिकोप्टरमार्फत आइतबारदेखि राहतका सामान पठाउन थालेको छ । केन्या सरकारले बाढीका कारण ठूलो संख्यामा नागरिकहरू देशका अन्य भागमा जोडिन नसकेको र त्यहाँ राहत तथा दैनिक आवश्यकताका सामान पु-याउन बाटोहरू पानीले पुरिएका, भत्केका वा अवरूद्ध बनेका भन्दै केन्याले सहयोगका लागि राष्ट्रसंघलाई अनुरोध गरेपछि विश्व खाद्य कार्यक्रमले केन्यालाई सहयोग गरेको हो ।

बाढीका कारण विस्थापित खाद्यान्न देशका मन्देरा, वाजिर, गारिसा र ताना नदी क्षेत्रका वस्तीहरूमा खाद्यान्न पु-याउन एम आई–८ हेलिकोप्टरहरूसहितको टोली उपलब्ध गराएको हो । ‘विस्थापितलाई राहत सहयोग, खाद्यान्न तथा औषधि पु-याउनका लागि उच्च क्षमताको हेलिकोप्टर पठाएर सहयोग गर्न हामीले अनुरोध गरेका छौँ’, विपत व्यवस्थापन मन्त्री उगेने वामाल्वाले नैरोबीमा एक विज्ञप्ति जारी गरी जानकारी दिए ।

उनले भने, ‘बाढीका कारण सडक सञ्जाल विच्छेद हुँदा विस्थापितलाई पठाउन तयारी अवस्थामा राखेको खाद्यान्न तथा लत्ताकपडासमेत बाढी प्रभावित क्षेत्रमा पु-याउन कठिनाई परिरहेको छ । अब छिट्टै राहत वितरण हुनेछ ।’ लामो समय परेको खडेरीपछि अक्टोबरको सुरूदेखि परेको अत्यधिक बर्षाका कारण केन्यामा खाद्यान्न अभाव हुने नागरिकको संख्या ३१ लाख पुगेको छ ।

केन्यामा बाढीका कारण ३८ जनाले ज्यान गुमाएका छन् भने ११ हजार ७०० परिवारका हजारौँ नागरिक विस्थापित भएका छन् । बाढीका कारण दशौँ हजार चौपाया मरेका पनि बताइएको छ । केन्याको मौसम विभागले दिएको जानकारी अनुसार बाढी प्रभावित पूर्वी क्षेत्रमा यस बर्ष सामान्यभन्दा तेब्बर गुणा वर्षा भएको छ । (रासस/सिन्ह्वा) 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com