Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुवित्तको नाफा ७१ करोड ३७ लाख

डिप्रोक्स लघुवित्तको नाफा ७१ करोड ३७ लाख


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ को चौंथो त्रैमाससमा ७१ करोड ३७ लाख २९ हजार पाँच सय ३४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २७ करोड ४९ लाख ९१ हजार चार सय रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब १५ करोड च्६२ लाख ४८ हजार छ सय १० रूपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७७–०७८ को चौथो त्रैमासमा छ अर्ब ५४ करोड १७ लाख ६७ हजार छ सय ५९ रूपैयाँ निक्षेप संकलन गरी १५ अर्ब २३ करोड ३८ लाख ४१ हजार छ सय ५९ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ३७ करोड तीन लाख १६ हजार रूपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २३ करोड ७३ लाख ९९ हजार नौ सय ६५ रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ९२ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले चार अर्ब ९३ करोड ५१ लाख ६७ हजार एक सय ३३ रूपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ५४ करोड ९५ लाख ६४ हजार एक सय ९६ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९५ करोड ९७ लाख १७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १४ करोड २३ लाख ६४ हजार नौ सय ३१ रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ४७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया