चिकित्सकविहीन जिल्ला अस्पतालमा एमबीबीएस डाक्टर

महेन्द्र शाही
सोलुखुम्बु, मंसिर ९
जिल्ला अस्पताल फाप्लुमा करिब ३ हप्तापछि चिकित्सकको व्यवस्था भएको छ । सोलु दुधकुण्ड नगरपालिकाले छ महिनाको लागि एमबीबीएस डाक्टरको व्यवस्था गरेको जनाएको छ । नगरपालिकाले नियुक्त गरेको डाक्टर स्मृती गौतमले आइतबारदेखि सेवा दिन थालेको अस्पतालले जनाएको छ । अब भने सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको सेवाग्राहीको भनाइ छ । जिल्लामा चिकित्सक नहुँदा स्वास्थ्यचौकीसरह तीन हप्तादेखि सेवा दिँदै आएको अस्पतालले अब भने सहज सेवा दिने स्थानीयको विश्वास छ ।

फाप्लु अस्पताल परिसरमा भेटिएका सोलु दुधकुण्ड नगरपालिका ११ तिङलाका दानबहादुर बस्नेतले डाक्टर नहुँदा उपचार हुन्छ भन्ने ग्यारेण्टी नहुने भन्दै अब भने उपचार हुने कुरामा ढुक्क लागेको बताए । कुनै बेला बिरामीले खचाखच भरिने अस्पतालमा अहिले बेडभर्ना हुने बिरामी शून्य छ भने ओपीडी सेवा लिनेको संख्या समेत ५० प्रतिशतले घटेको छ । गाउँगाउँको स्वास्थ्य चौकीले रेफर गर्ने बिरामी जिल्ला अस्पताल फाप्लुु आउने भए पनि चिकित्सक नहुँदा त्यतिकै जिल्ला बाहिर जानुपरेको थियो । नगरपालिकाले चिकित्सकको व्यवस्था गरेसँगै अब त्यसको समेत अन्त्य भएको माप्यदुधकोशी गाउँपालिका ३ बाट आएका मनिस शासंकरको भनाइ छ ।

सञ्चारमाध्यमको खबरदारी र जनप्रतिनिधिको सक्रियताको कारण चिकित्सक व्यवस्था भएको थाहा पाएपछि अधिकांश सेवाग्राही सेवा लिन आएको बताएका छन् । कुनै समय पाँच जना डाक्टरले सेवा दिएको अस्पतालमा एकाएक सेवा प्रभावित हुँदा संघीयताप्रति असन्तुष्ट बनेकाहरू चिकित्सक आएसँगै गुणस्तरीय सेवा पाउने आशामा देखिन्छन् ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका पेम्बा शेर्पा भने, ‘सामान्य उपचारको लागि जिल्ला बाहिर जाने समस्याको अन्त्य भयो ।’ स्वास्थ्यकर्मीको समायोजनसँगै जिल्ला अस्पतालमा चिकित्सकको अभाव भएपछि यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ । कुनै समय ११औँ तहको चिकित्सकसहित ३५ जना दरबन्दी रहेको जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा गएपछि ९औँ तहका चिकित्सकसहित १८ दरबन्दीमा खुम्चिएको छ । प्रदेश सरकारले समेत ९औँ तहका सहित दुई जना चिकित्सक यही हप्ताभित्र पठाइसक्ने जनाएको छ । तर, पनि माथिल्लो तहका सबै चिकित्सक करारमा हुने र तल्लो तहका कर्मचारी दरबन्दी हुँदा कसको नेतृत्व रहने भन्ने अझै अन्यौल छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com