ट्र्याक्टर र बोलेरो साटासाट गरी चलाउँदा दुर्घटना, एक जनाको ज्यान गयो

 

महेन्द्र शाही
सोलुखुम्बु, मंसिर १०
सोलुखुम्बुको नेचासल्यानमा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर १ ख्याम्पुमा शनिबार राति करिब १० बजे ना. ६ त ३१४६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका २ का २१ वर्षीय चालक छिरिङ राईको मृत्यु भएको सोलुखुम्बु प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

राति पौने १० बजे सोलुखुम्बुको नेचासल्यान गाउँपालिका १ देउरालीबाट दाउरा अनलोड गरेर फर्कने क्रममा बाघखोरमा सोही गाउँपालिका ५ बस्ने १९ वर्षीय सुमन शंकरले चलाएको ना. ६ त ३१४६ नम्बरको ट्र्याक्टर र ओखलढुङ्गाबाट नेचासल्यान आउँदै गरेको राईले चलाएको प्रदेश १–०३–०१–०२२ च ०३१८३ नम्बरको बोलेरो गाडी एक–अर्काले साटासाट गरी चलाएर नेचातर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक छिरिङ राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्माटमका लागि ओखलढुङ्गा पठाइएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com