विराटनगर, मंसिर ११
विराटनगर भन्सारलाई आफ्नो मुख्य कमाउने स्थलका रूपमा प्रयोग गर्दै आएका विराटनगर भन्सारमा कार्यरत भन्सार एजेन्टका प्रतिनिधि र स्थानीय व्यवसायीका बीचमा हुने अवैध लेनदेनबाट एकातिर सरकारले ठूलो रकम राजस्व गुमाइरहेको छ भने अर्कोतिर करोडौँ मूल्यका सामानहरू कौडीको मूल्यमा भन्सार जाँचपास हुनेगरेको नयाँ तथ्य सार्वजनिक भएको छ ।
विराटनगर भन्सारले पटक–पटक कारबाही गर्दै सचेत गराए पनि सुध्रिन नसकेका विराटनगर भन्सारका भन्सार एजेन्ट प्रतिनिधि सञ्जय दुगढ अहिले फेरि एक पटक चर्चाको शिखरमा पुगेका छन् । विराटनगर भन्सारलाई मुख्य आम्दानीको स्रोत बनाएका दुगढले वीरगञ्ज भन्सारमा रहेको विजय क्लियरिङ एजेन्सीको भन्सार प्रतिनिधि मात्र भएको कुरा विराटनगर भन्सारकै भन्सार एजेन्टले जानकारी दिएका छन् ।
भन्सार विभागबाट २०६१ बाट भन्सार जाँचपासको अधिकार पाएको विजय क्लियरिङको उनी विराटनगर भन्सारका लागि भन्सार प्रतिनिधि घोषणा मात्र गरिएका कुरा जाकारहरूले बताएका छन् । उनै दुगढमार्फत काम गराउँदै आएका राजेश शर्माले सुनसरी जिल्लाको खनारमा सञ्चालन हुँदै आएको सिताराम अग्रवालको ओम प्लाइका नाममा आयात गरिएको सामान जाँचपास गर्दा एउटा सामान ल्याएर अर्को सामान जाँचपास गर्ने क्रममा पक्राउ परेपछि भन्सार प्रतिनिधि दुगढको कमाऊ प्रकरण सार्वजनिक भएको छ ।
भन्सार दरबन्दीअनुसार उक्त सामानको भन्सार १५ प्रतिशत र भ्याट १३ प्रतिशत लाग्ने भएपछि भन्सार प्रतिनिधि दुगढले राजेश शर्मामार्फत कौडीको मूल्यमा भन्सार जाँचपास गर्ने प्रयास गरेको कुरा भन्सारस्रोतले बताएको छ । समाचर स्रोतका अनुसार विराटनगर भन्सारबाट समेत जाँचपास भइसकेको उक्त सामान विराटनगर भन्सारका भन्सार अधिकृत शुशील शर्माले अनुसन्धानका क्रममा पुनः परीक्षण गरेपछि पक्राउ भएको कुरा थाहा भएको छ ।
विगत धेरै समयदेखि भन्सार प्रतिनिधि सञ्जय दुगढ भन्सार राजस्व ठगी प्रकरणको विवादमा तानिँदै आएको कुरा यो प्रकरणसँगै खुलेपछि आफूलाई भन्सार एजेन्ट संघको अध्यक्ष दाबी गर्ने एक समूहको दबाबमा भन्सार समेतले भन्सार प्रतिनिधि दुगढलाई कुनै कारबाही नगरेको प्रति अन्य भन्सार एजेन्टहरूले चिन्ता व्यक्त गरेका छन् ।
एक वर्ष अगाडि भन्सार राजस्व अपचलनको मुद्दामा विराटनगर भन्सारकै भन्सार एजेन्ट कारबाहीमा परेको घटना सेलाउन नपाउँदै अर्का विराटनगर भन्सारका भन्सार प्रतिनिधिबाट गलत विवरणमार्फत सामान लैजाने प्रयास गर्दागर्दै पक्राउ पर्दा समेत भन्सार कार्यालय मौन रहेको प्रति कतै भन्सारको समेत संमलग्नता हुन सक्दैन भन्दै अहिले भन्सार एजेन्टहरूले नै आशंका व्यक्त गर्न थालेका छन् ।
सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com