होमस्टेलाई करको दायरामा ल्याउन माग

काठमाडौं, मंसिर ११
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले नेपालमा सञ्चालित होमस्टेहरुलाई करको दायरामा ल्याउन माग गरेको छ । पर्यटन क्षेत्रको श्रमिक संगठन युनिट्राभद्वारा काठमाडौंमा आयोजित सोसियल डाइलगमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका महासचिव जनक चौधरीले होमस्टेलाई अनिवार्य करको दायरामा ल्याउनुपर्ने बताए । उनले वर्षेनी पर्यटकको आगमन बढ्ने तर पर्यटन क्षेत्रको आम्दानी घट्दो क्रममा देखिएको भन्दै होमस्टेलाई करको दायरामा ल्याउनसके वास्तविक आम्दानीको तथ्यांक राज्यसँग हुने बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)बापत पर्यटकबाट उठाइएको रकम मनोमानी ढंगले खर्च गरिरहेको भन्दै पर्यटन बोर्डको दादागिरी अन्त्य गर्न खबरदारी गर्नुपर्ने आवाज उठेको छ । कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले पर्यटन बोर्डले टिम्सबापत उठाएको बोर्डअन्तर्गतको सबै पैसा खर्च गरिसकेको आरोप लगाए । तर पदयात्रा पूर्वाधार क्षेत्र र श्रमिकको कल्याणकारी कोषमा दिनुपर्ने रकम नदिएको भन्दै विरोधमा उत्रिने चेतावनी दिए ।

टिम्स रकमबारेको समस्या समाधानका लागि हाल ९ सदस्यीय समिति गठन भएको उनले जानकारी दिए । यस्तै युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले टिम्सको रकम नदिने पर्यटन बोर्डमा भोटेताल्चा झुण्ड्याइदिने बताए । उनले भने, ‘टिम्सको पैसा छ, तर पर्यटन बोर्डमा दादागिरी भयो । त्यो पैसाले श्रमिकलाई केही हुनसकेको छैन । हामी डेढ महिनाको अल्टिमेटम दिन चाहन्छौं । त्यस दिनसम्म क्षतिपूर्ति पाएनौं भने टानमा पनि भोटेताल्चा झुण्डिन सक्छ । पर्यटन बोर्डमा पनि भोटेताल्चा झुण्डिन सक्छ । पर्यटन विभागमा पनि भोटेताल्चा झुण्डिन सक्छ । नेपाल भ्रमण वर्ष २०२० मा यस्तो अवस्था नआओस् भन्न चाहन्छौं ।’

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै एयरपोर्टलाई अन्तर्राष्ट्रिय स्तरबाटै कालोसूचीमा राख्न लगाएर बन्द गराउनेसम्मको स्थिति नआओस् भन्नेसम्मको उनको चेतावनी थियो । पराजुलीले भने, ‘तीन महिनादेखि त्यहाँ श्रमिकले तलब पाएका छैनन् र यस्तो हर्कत कायम भइरह्यो भने एयरपोर्ट व्यवस्थापन, मन्त्री योगेश भट्टराईदेखि आउटसोर्सिङ कम्पनीविरुद्ध हडतालमा उत्रिनुपर्ने हुनसक्छ । निष्कर्ष त्यही निकालेका छौं ।
अब मजदुरको समस्या समाधान नभएसम्म अन्तर्राष्ट्रियरुपमा नेपालको एयरपोर्ट ब्ल्याक लिष्टमा राख्ने भन्ने पो हो कि भन्नेमा मजदुरहरु पुगेका छन् । केही दिनमै नयाँ रणनीतिका साथ जानेछौं ।

सबै युनियनबीच सहमति भएको छ, एयरपोर्ट बन्द गराउने अवस्था आएको छ । व्यवस्थापकले बेलैमा बुझेन भने एयरपोर्ट बन्द हुनेछ ।’ पर्यटन श्रमिकहरुले राष्ट्रिय निकुञ्जमा उठाइँदै आएको कर बन्द गर्न, एकल अनुमतिपत्र खारेज गर्नुपर्ने, ट्रेकिङ क्षेत्रमा श्रमिकसँग उठाउँदै आएको कर बन्द गर्नुपर्ने, महिला पर्यटन श्रमिकमाथिको दुर्व्यवहार अन्त्य गर्नुपर्ने, आउटसोर्सिङ कम्पनीबाट श्रमिक लिने काम बन्द गर्नुपर्ने, भ्रमण वर्षका अवसरमा गठित सबै समितिमा श्रमिकको प्रतिनिधित्व गर्नुपर्ने लगायतका माग पनि गरेका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com