नेपाल–चीन गैरसरकारी सहयोग मञ्चको तयारी बैठक सम्पन्न

काठमाडौं, मंसिर ११
आगामी वर्षको सेप्टेम्बरमा चीनको सिचुवानमा आयोजना हुने नेपाल–चीन गैरसरकारी सहयोग मञ्चको तयारी बैठक मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा बसेको छ । बैठकमा नेपाल पक्षको नेतृत्व मञ्चका सह–अध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले र चिनियाँ पक्षको नेतृत्व अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं सिचुवान प्रान्तीय उद्योग वाणिज्य महासंघका अध्यक्ष छन् फाङले गरेका थिए । बैठकमा भाग लिनेक्रममा अध्यक्ष छन् फाङको नेतृत्वमा सिचुवानको व्यावसायिक प्रतिनिधिमण्डल महासंघ सचिवालय आएको हो ।

बैठकमा मञ्चको १५औं बैठक आगामी सन् २०२० को सेप्टेम्बर अन्तिम साता सिचुवानमा आयोजना हुने वेष्टर्न चाइना अन्तर्राष्ट्रिय मेलाको अवसर पारेर सिचुवानमा राख्ने सहमति भएको छ । व्यापार प्रवद्र्धन, लगानी आकर्षण, पर्यटन तथा सांस्कृतिक आदानप्रदान तथा दुवै देशका गैरसरकारी क्षेत्रबीच हुने अन्य आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघको संयुक्त पहलमा सन् १९९६ अप्रिलमा मञ्चको स्थापना गरिएको हो । मञ्चको बैठक दुवै देशमा पालैपालो हुँदै आएको छ । मञ्चको स्थापनापश्चात् बैंकिङ, पर्यटन, नीति निर्माण तथा सूचना आदानप्रदान, व्यापार सहजीकरण, व्यापार प्रवर्द्धनलगायतका क्षेत्रमा निकै धेरै सफलता हासिल भएको छ ।

मञ्चको आगामी बैठकमा चीनले अगाडि सारेको एक क्षेत्र एक सडकअन्तर्गत पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार निर्माण, मानव संसाधन विकाससहित अन्य महत्वपूर्ण क्षेत्रमा सहयोग सहकार्यमा छलफल हुने समेत बैठकले तय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपतिबाट हालै सम्पन्न आपसी भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ हासिल गर्नुका साथै महासंघ र एसीएफआईसीबीचको सम्बन्ध अझ परिणामदायी भएको विश्लेषण बैठकले गरेको छ । बैठकमा मञ्चका माध्यममार्फत निकै धेरै क्षेत्रमा सहकार्य गर्न सम्भव भएको विश्लेषण गर्दै आगामी दिनमा मञ्चका माध्यमबाट नेपालमा चिनियाँ लगानी, प्रविधि, सीप र चिनियाँ विकास मोडल आकर्षित गर्न सहकार्यलाई अझ बढी घनीभूत ढंगले अगाडि बढाउनुपर्नेमा समेत दुवै पक्षबाट जोड दिइएको छ ।

बैठकमा सिचुवान प्रनिधिमिण्डलका तर्फबाट नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने र अहिले पनि सिचुवानबाट नेपालको पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार विकासमा सबैभन्दा बढी लगानी आइरहेको र नेपालमा लगानीका अवसर तथा प्रक्रियाका विषयमा चिनियाँ लगानीकर्ताहरूसमक्ष पर्याप्त जानकारी पुग्नसके अझै बढी लगानी आउने धारणा समेत राखिएको थियो । बैठकमा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, नेपाल–चीन गैरसरकारी सहयोग मञ्चका महासंघ तर्फका सदस्यहरू, महासंघका महानिर्देशक धरणीधर खतिवडा, होटल व्यवसायीहरू, चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरू, नेपाली उद्यमी व्यवसायीहरू र महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com