तामाकोशीका घरटहरा हटाउन सुरु

सुबास बस्नेत
दोलखा, मंसिर १२
करिब ३० वर्षदेखि अतिक्रमण गरेका भूमि फिर्ता ल्याउन जिल्ला प्रशासनले कार्यालयले पछिल्लो समय चासो देखाएको छ । जिल्ला प्रशासन कार्यलयले मंगलबारदेखि भीमेश्वर नगरपालिका वडा नम्बर ५ तामाकोशी नदी किनारमा सार्वजनिक स्थल अतिक्रमन गरी बनाइएका घरटहरा हटाउन थालेको हो । सरकारी जग्गा अतिक्रमण गरी तामाकोशी नदी किनारमा बनाइएका घरटहरा हटाउन जिल्ला प्रशासन कार्यालय दोलखाले पटक–पटक सूचना जारी गरेको थियो । प्रशासनले जारी गरेको सूचनालाई स्थानीयले बेवास्ता गर्दै आएका थिए ।

जिल्ला प्रशासन कार्यालय दोलखामा गत कात्तिक २८ गते बसेको सर्वपक्षीय सरकारी जग्गा अतिक्रमण नियन्त्रण र व्यवस्थापनसम्बन्धी बैठकले पहिलो चरणमा दोलखाको सिमाना मुँडेदेखि जिरीसम्म सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेसँगै सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन सुरु गरिएको हो ।

लामोसाँघु–जिरी सडक विस्तार र बजार क्षेत्रमै निर्माण हुनलागेको दोहोरो लेनको पुल बनाउन घरटहराहरूका कारण समस्या भएको भन्दै पटक–पटक घरटहरा हटाउन दबाब आएपछि आफूले घर तथा अस्थायी टहरा हटाउन सुरु गरेको तामाकोशीमा फलफूल बिक्री गर्दै आएकी नाम्दु दोलखाकी शिवमाया घिमिरेले जानकारी दिइन् ।

तामाकोशीमा करिब ३५ सालमा स्वीस सरकारले अरनिको राजमार्ग लामोसाँघु–जिरी सडक खन्न सुरु गरेको करिब दुई वर्षपछिबाट तामाकोशीमा बजार सञ्चालन भएको स्थानीयको भनाइ छ । सिताकुण्ड सामुदायिक वनको जग्गामा पर्ने तामाकोशी बजार जिल्लाको जिरी, मैनापोखरी, रामेछापको सदरमुकाम मन्थली, शैलुङ, फस्कु, पवटी, घ्याङसुकाठोकर हावा च्यामा, झुले छौडेतर्फ जाने यात्रुहरूको प्रमुख गन्तव्य हो । तामाकोशी बजारमा करिब एक सय घरधुरी र दुई सयभन्दा माथि फलफूल व्यवसायी रहेका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com