जनकपुरमा दुई सय करोडको योजनाको काम सुरु

जनकपुरधाम, मंसिर १२
जनकपुरधामको सुन्दरताका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग र जनकपुरधाम उपमहानगरपालिकाबीच भएको दुई सय करोडको योजनाको काम सुरु भएको छ । करिब ६ महिनाअगाडि योजनाको सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो चरणअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका २५ लोहनामा ढल निकास योजनाको शिलान्यास भएको छ । प्रधानमन्त्री कार्यालयअन्तर्गत नेपाल ट्रष्टमा कार्यरत सचिव गजेन्द्र ठाकुर र जनकपुरधामका मेयर लालकिशोर साहले संयुक्तरूपमा योजनाको शिलान्यस गरेका हुन् ।

आयोजना प्रमुख अरुण सिम्खडाले पहिलो चरणअन्तर्गत २३ करोड ८७ लाख ६७ हजार नौ सय ५६ रूपैयाँमा ३१ सय ८० मिटर पाइज जडान र आठ सय मिटर ढल निर्माण सुरु भएको जानकारी दिए । उनका अनुसार यही योजनाअन्तर्गत उपमहानगरपालिकाभित्र ३० वटा पोखरीको सौन्दर्यीकरण समेत गरिनेछ ।

यस्तै प्रधानमन्त्री कार्यालयअन्तर्गत नेपाल ट्रष्टमा कार्यरत सचिव गजेन्द्र ठाकुरले पहिलो चरणअन्तर्गत २३ करोडको काम अगाडि बढेको बताए । उनले बाँकी कामको वातावरण परीक्षा भइरहेको र त्यसपछि काम अगाडि बढ्ने जानकारी दिए । जनकपुरधाम सौन्दर्यीकरणको काम अगाडि बढेकोमा मेयर लालकिशोर साहले खुशी व्यक्त गरे । उनले ठेकेदारलाई समयमा काम सक्न आग्रह समेत गरे ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com