आर्थिक समृद्धिमा बङ्गलादेश र नेपाल

विश्वनाथ खरेल
हाम्रा छिमेकी राष्ट्रपति हमिदले गत कात्तिक २६ गतेदेखि २९ गतेसम्म ४ दिने नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणमा रहँदा उहाँले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमणको साथसाथै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको थियो । सन् १९७१ मा पाकिस्तानसँग मुक्तियुद्ध लडेर बङ्गलादेशले स्वतन्त्रता हासिल गरेको थियो । यसरी पाकिस्तानबाट छुट्टिएर बङ्गलादेश स्थापना भएलगत्तै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसर्थ भौगोलिक दृष्टिले पनि नेपाल र बङ्गलादेश टाढा छैनन् ।

निकट सम्बन्धका दृष्टिले भारत र चीनपछि बङ्गलादेश नै हो । यसैक्रममा दुई देशबीच स्थल दूरी ३० किलोमिटरभन्दा कम छ । दुई देशबीच व्यापारको हिस्सा पनि निकै ठूलो रहँदै आएको छ । नेपालजत्रै भूगोलभित्र करिब १७ करोड नागरिक अटाएको मुलुकले अन्य छिमेकी राष्ट्रका तुलनामा तीव्र आर्थिक प्रगति गरिरहेको छ । यसर्थ नेपालको पूर्वीद्वार काँकडभित्ताबाट बङ्गलादेशको सुदूरउत्तरी नाका बङ्गलादेशको हवाई दूरी २२ माइलभन्दा पनि कम छ । भारत हुँदै पुग्ने स्थलमार्गको दूरी पनि ५३ किलोमिटर मात्रै हो । यसरी बङ्गलादेश र नेपालबीच सन् १९७२ अप्रिल ८ देखि द्विपक्षीय सम्बन्ध कायम भएको थियो । यसैक्रममा सौहार्द, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहेको यो सामाजिक, भौगोलिक सम्बन्ध सन् १९७२ देखि कूटनीतिक सम्बन्धमा रूपान्तरण भयो ।

यसको दुई पक्षीयरूपमा हुने उच्च तहका भ्रमण र विभिन्न अवसरमा हुने भेटवार्ताले सम्बन्धलाई थप बलियो र सौहार्दपूर्ण बनाउन मदत गरेको छ  । उक्त राष्ट्र स्वाधीनताको समयमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या ८२ प्रतिशत भएकामा हाल उसले त्यसलाई नौ प्रतिशतमा झारेको छ र निरन्तर घटाउँदो क्रममा छ । यही गति कायम रहे आउँदो सन् २०२१ भित्र बङ्गलादेशले गरिबी उन्मूलन गर्नेछ, यस्तो दुर्लभ उपलब्धि हासिल गर्ने दक्षिण एसियाकै पहिलो मुलुकका रूपमा रहेको छ । देशको भूपरिवेष्टित अवस्थिति अवश्य पनि बङ्गलादेशको सामुद्रिक पहुँचयुक्त अनुभवभन्दा विपरीत र कठोर छ । तर, काठमाडौँमा इन्डो–प्यासिफिक रणनीति र बेल्ट एन्ड रोड इनिसिएटिभलाई एकअर्काको प्रतिस्पर्धी वा विरोधी देखाउने होड चलिरहेका बेला बङ्गलादेशले चाहिँ दुवैको समर्थन घोषित रूपमै गरिदिएको छ ।

नेपाल र बङ्गलादेश दक्षिण एसिया क्षेत्रका अतिकम विकसित देश हुन् । दुवै देशले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), आर्थिक, सामाजिक र प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक), विश्व व्यापार सङ्गठन (डब्लूटीओलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा राख्ने गरेका छन  । यी दुई देशबीच सन् २०१२ मा विदेश सचिवस्तरीय विदेश कार्यालय परामर्श संयन्त्र स्थापनासम्बन्धी सम्झौता भयो । दुई देशबीचको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक आदि सम्बन्ध बङ्गलादेशको उदयदेखि वर्तमानसम्मको यात्रामा विस्तारित भएको छ ।

अतः बङ्गलादेशमा नेपालबाट विशेषगरी पहेँलो दाल, तेल, ठूलो अलैँची, गहुँ, तरकारीको बीउ, हस्तकला र पश्मिनाका उत्पादन निर्यात हुने सम्बन्धित क्षेत्रले जनाएको छ । त्यसैगरी बङ्गलादेशबाट नेपालतर्फ औद्योगिक कच्चा पदार्थ, रसायन, लत्ताकपडा, जुट, विद्युतीय सामग्री आयात हुने गर्छ । व्यापार सम्बन्ध हेर्दा भने अझै पनि नेपाल घाटामा रहेको छ । सन् २०१२ मा बङ्गलादेशबाट झन्डै दुई अर्ब रूपैयाँभन्दा बढीको आयात भएको थियो भने निर्याततर्फ तीन अर्बभन्दा बढीको भएको थियो । त्यसपश्चात् नेपालको निर्यात बङ्गलादेशको भन्दा घट्दो क्रममा रहेको छ ।

जसअनुसार सन् २०१६ मा बङ्गलादेशबाट हालसम्मकै बढी पाँच अर्ब रूपैयाँबराबरको आयात भएको थियो । नेपालले भने जम्मा एक अर्ब ३८ करोड रूपैयाँबराबरको निर्यात गर्न सकेको थियो । मुलुकले छिमेकी तथा मित्र राष्ट्रहरूसँगको प्रगाढ सम्बन्ध र सहकार्यमा जोड दिएको छ । हालै उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आए । चिनियाँ राष्ट्रपतिको भ्रमण दुई दशकभन्दा लामो अन्तरालमा भएको थियो । भारतीय प्रधानमन्त्री मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक आए । राजनीतिक परिवर्तनपछि नेपालले छिमेक, मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्धमा जोड दिएको छ । विकास, समृद्धि र विश्वसमुदायका चुनौतीहरू सामनामा सहकार्य र सहयोगको अपेक्षा गरेको छ । त्यसरी नै बङ्गलादेशका राष्ट्रपतिको भ्रमण पनि यसकै एक कडी हो । यो भ्रमण दुवै देशका लागि विशेष हुने अपेक्षा गर्न सकिन्छ ।

समग्रमा भन्नुपर्दा नेपाल र बङ्गलादेशबीचको मन्त्रीस्तरीय वाणिज्य वार्तामा भएको सहमतिअनुसार नेपाली वस्तुलाई शून्य भन्सार दरलगायतका सुविधासहित बजार दिन बङ्गलादेश सकारात्मक छ । यसको साथसाथै पछिल्लो समय नेपालमा उत्पादित बिजुली बङ्गलादेशमा निर्यात गर्ने सम्बन्धमा पनि दुई देशबीच सहकार्य चलिरहेको छ । बङ्गलादेशबाट ३१ वर्षमा राष्ट्रपतिस्तरमा दुई पक्षीय भ्रमण भयो । राष्ट्रपतिको भ्रमणले नेपाल र बङ्गलादेश सम्बन्ध नवीकरण मात्र नभएर जनस्तरमा पनि सहकार्यका निम्ति ऊर्जा दिनेछ । नेपाल भ्रमण वर्ष २०२० लाई पनि यो भ्रमणले बल पु-याउने अपेक्षा गरिएको छ । राष्ट्रपति हमिदले नेपालको सुन्दरताको बयान गर्न चुकेनन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन र बहुपक्षीय अर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालका खाडी आसपासका मुलुकहरूको प्रयास (बिम्स्टेक)का सदस्यहरूबीच सहकार्यका निम्ति उनले बल गरे । यसो हुँदा नेपालले कृषि उत्पादन, तरकारी, फलफूल, दाललगायतका एक सय ४६ वस्तुमा सुविधा र बजार पहुँच बङ्गलादेशमा पुग्नेछ । बङ्गलादेशले पनि आफ्ना एक सय ८० वस्तुमा नेपालमा सहज बजार र सुविधाको माग अघि सारेको थियो । यसैगरी पछिल्लोपटक सन् २०१६ मा नेपाल–बङ्गलादेशबीच तेस्रो वाणिज्य सचिवस्तरीय बैठक र सन् २०१७ मा दुई देशबीचको अतिरिक्त संयुक्त सचिवस्तरीय प्राविधिक समितिको बैठक ढाकामा बसेको थियो । उदार वैदेशिक लगानी नीति अनुसरण गर्दै गरेको नेपालले बङ्गलादेशसहित सार्क मुलुकलाई नेपालमा लगानीका लागि अन्यत्रभन्दा खुकुलो गरेको छ ।

बङ्गलादेश थर्मल प्लान्टबाट २१ हजार मेगावाटको हाराहारी विद्युत् उत्पादन गर्छ, माग बढेको बढ्यै छ । आगामी एक दशका १० हजार मेगावाटभन्दा बढी आवश्यक पर्नेछ । बङ्गलादेश नेपालको जलविद्युत्मा लगानी गर्न र विद्युत् आयात गर्न इच्छुक छ । नेपाल र बङ्गलादेशलाई स्थलमार्गबाट जोड्ने फूलबारी–बङ्गलाबन्धु मार्गको पर्याप्त सम्भावना भएर पनि अपेक्षाअनुसार उपयोगी हुन सकेको छैन । स्थलमार्गको अधिकतम उपयोगिताका लागि भारतको सहयोग पनि आवश्यक पर्छ । यसका लागि दुवै मुलुकले पहल गर्न सक्छन् । यसमा भारतले आवश्यक सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ । पर्यटनको सम्भावना पनि कम छैन । मेडिकल शिक्षाका क्षेत्रमा पनि बङ्गलादेशको सहयोग रहेको छ ।

धेरै नेपाली विद्यार्थीले बङ्गलादेशबाट चिकित्सा शिक्षा हासिल गरेका छन् । उच्चस्तरीय द्विपक्षीय भ्रमणहरू हुन सके भने दुवै देश एकअर्काबाट लाभान्वित हुनेछन् । अतः काठमाडौँ र ढाकाबीच सडक, हवाई, रेल र जलमार्ग सहकार्य वर्तमान आवश्यकता भएको उनको धारणा छ । यही सहकार्य नै विकास र समृद्धिका लागि अर्थपूर्ण हुन सक्छ । त्यसका निम्ति दुवै मुलुकले आ–आफ्नो स्तरबाट पहल गरेर दक्षिण एसिया र दक्षिणपूर्वी एसियाबीच सहकार्य यतिखेरको आवश्यकता हो ।

हमिद आलंकारिक राष्ट्रपति भए पनि बङ्गलादेशमा सम्मानित राजनीतिज्ञ मानिन्छन् । बङ्गलादेश स्वतन्त्रतादेखि सक्रिय हमिद यो क्षेत्र बुझेका र खारिएका नेता पनि हुन् । बङ्गलादेश पाकिस्तानबाट छुट्टिँदाको बेलाभन्दा विश्व परिदृश्य यतिखेर फरक छ । नेपाल र बंगालदेश यस्ता मुलुक हुन्, जसले भारत र चीनको आसपासमा रहेर पनि सहकार्यमै क्षेत्रीय संगठनको अवधारणा ल्याई सार्कको जन्म भयो । त्यही सार्क यतिखेर अघि बढ्न नसकेको अवस्थामा भएको यसप्रकारको भ्रमणले ऊर्जा दिने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com