माता मनकामनाको सेयरपुँजी एक करोड

विदुर, मंसिर १३
सात वर्षअगाडि स्थापना भएको माता मनकामना बचत तथा ऋण सहकारी संस्था लिवि नपा १ ढुंगे नुवाकोटले सेयरपुँजी एक करोड पाँच लाख ७० हजार तीन सय पु¥याएको छ । सहकारीले संस्थाको नीतिअनुसार स–साना सेयरलाई वृद्धि गरी ५० हजार र १ लाख पु¥याई कुल सेयरपुँजी १ करोड ५ लाख ७० हजार तीन सय पु-याएको हो ।

सहकारीको छैटौं वार्षिक साधारणसभा शनिबार वनदेवीमा वनभोज कार्यक्रमसहित सम्पन्न भएको छ । उक्त साधारणसभामा अध्यक्ष नविनकृष्ण राजभण्डारीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र थपलियाद्वारा प्रस्तुत आयव्यय तथा बजेट प्रतिवेदन २०७६ बृहत् छलफल गरी पारित भएको छ । सहकारीले गत आवमा दुई करोड ९९ लाख ७५ हजार पाँच सय ६३ बचत संकलन र दुई करोड ९१ लाख ४६ हजार पाँच सय ९४ बचत रकम फिर्ता गरेको थियो ।

गत आवमा सहकारीले एक करोड ८८ लाख १६ हजार आठ सय १५ रूपैयाँ कर्जा लगानी गरी एक करोड ६४ लाख ८३ हजार सात सय ७१ रूपैयाँ कर्जा असुली गर्न सफल भएको थियो । सहकारीले असल सदस्यसँग मात्र कारोबार गरेकोले ऋण लगानीमा संस्था पुर्णरूपमा सुरक्षित भई खराब ऋण नभएको जानकारी उपाध्यक्ष राजकुमार डंगोलले बताए । सहकारी २०७० जेठ १९ गते सहकारी ऐनअनुसार दर्ता भएको हो । सहकारी स्थापनादेखि हालसम्म आइपुग्दा भाका नाघेको ऋणीको संख्या न्यून रहेको जानकारी साधारणसभामा लेखा समितिका संयोजक दिपकप्रसाद रिजालले जानकारी दिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com