सुबास बस्नेत
दोलखा, मंसिर १३
दोलखाका अधिकांश युवाहरू सामूहिक तरकारी खेतीमा आकर्षित भएका छन् । जिल्लाका धेरै कृषकले सामूहिक तरकारी फम दर्ता गरेर सामूहिकरूपमा दैनिक प्रयोग हुने हरियो जातका तरकारीको खेती सुरु गरेका छन् । जिल्लाको बैतेश्वर गाउँपालिका काभ्रेका स्थानीय कृषकले बेमौसमी हरियो र तरकारी जातका काउली, खोर्सानी, साग, याज, गोलभेडा, आलुलगायतका तरकारी उत्पादन गरेर बिक्री गर्न सुरु गरेका छन् ।
करिब पाँच लाखको योजनामा कृषि पकेट उत्पादन सञ्चालक समूह कानुनीरूपमा दर्ता गरेर चालू आर्थिक वर्षको साउनदेखि सुरु गरेको कृषक पदम दाहालले बताए । तीन जनाको सामूहिक लगानीमा सुरु गरेको तरकारी खेतीबाट एक सिजनमा तीनदेखि पाँच लाखसम्म कमाउने योजना रहेको उनले बताए ।
दोलखामा सिजनअनुसारका तरकारी उत्पादन हुँदै आएको छ । काभ्रेका स्थानीय कृषकले परम्परागत खेती हुने जग्गा वार्षिक भाडामा लिएर तरकारी खेती सुरु गरेको फर्मका व्यवस्थापक रत्न दाहालले जानकारी दिए । करिब दुई सय रोपनी खेत लिएर विभिन्न जातका तरकारीको खेती सुरु गरिएको उनले बताए । अहिले काभ्रेमा हरियो खुर्सानी, गोलभेडा, आलु, साग, काउली, प्याजको खेती भैरहेको छ । यस फमलाइ कृषि ज्ञान केन्द्र रामेछापले वार्षिक दुई लाख अनुदान दिँदै आएको छ । फर्ममा अहिले १६ वटा गोलभेडा र हरियो खुर्सानीको टनेल रहेको छ ।
करिब पाँच सय केजीबराबरको प्याजको बीउ उत्पादनको लागि रोपिएको छ । फर्ममा अहिले करिब १५ जातका हरियो तरकारीको खेती हुँदै आएकोमा यो सिजनदेखि अन्य पाँच जातको तरकारी खेती गर्न अर्को जग्गा पनि भाडामा लिएको सञ्चालक दाहालले बताए । यहाँ उत्पादन भएको तरकारी मैनापोखरी बजार र सदरमुकाम चरिकोट बजारमा बिक्री गर्न लाने गरिएको छ ।
सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com