डा. केदार कार्की
एन्टिबायोटिक औषधिहरूको उपयोग मानिसहरू एवं पशुहरूमा जीवाणु संक्रमणको उपचारमा गर्ने गरिन्छ । यी औषधिहरूले किटाणुहरूद्वारा हुने संक्रमणमा जादुमयरूपमा कार्य गर्दछ र जीवाणुहरूलाई नष्ट गर्दछ । तर, जीवन रक्षक हुँदाहुँदै पनि यी औषधिहरूको हानिकारक पाटो सामुन्ने आएको छ । एन्टिबायोटिकको अत्यधिक तथा अनुचित प्रयोग मानिस तथा पशु दुवैलाई एउटा ठूलो खतरा बन्न पुगेको छ ।
एन्टिबायोटिक औषधिहरूको दुरूपयोगको कारण धेरैजसो जीवाणु यी औषधिहरूप्रति प्रतिरोध गर्न सक्षम भएका छन् जसका कारण यिनमा यी औषधिहरूको प्रभाव समाप्त वा कम हुने गर्दछ । यस कारण कैयौँ पटक संक्रमण उपचार नै प्रभावित हुन्छ । यस्ता प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशु तथा मानिसमा ज्यान लिने संक्रामक रोगको कारण बनिरहेका छन् ।
यो समस्याले आज संसारमा एउटा गम्भीर रूप लिएको छ । सच्चाइ त यो छ कि संयुक्त राज्य अमेरिकाजस्तो विकसित मुलुकमा रहेक वर्ष कम्तीमा बीस लाख मानिस एन्टिबायोटिक प्रतिरोध जीवाणुहरूबाट संक्रमित हुने गर्दछन् र २३ हजार जति संक्रमित भएर मृत्युवरण गर्दछन् । विकासशील देशहरूमा त स्थिति योभन्दा भयावह नहोला भन्न के सकिन्छ र ?
पशुपालनामा एन्टिबायोटिकको उपयोग :-एन्टिबायोटिक औषधिहरूको उपयोग मूख्यरूपमा संक्रमित बिरामी पशुहरूको उपचारको लागि गरिन्छ । यस्तो परिस्थितिमा सामान्यता यी औषधिहरूको उपयोग अन्य कारकहरू, जस्तैः रोगको बचाउ, रोगहरूको नियन्त्रण अथवा पशुपालनमा पशुहरूको शारीरिक विकास बढाउन लागि गरिन्छ । त्यो बेला यी औषधिहरूको मात्रा कम दिइने गरिन्छ । मानिसहरू तथा पशुहरूमा जीवाणु संक्रमणको उपचार तथा रोकथामको लागि विभिन्न प्रकारको एन्टिबायोटिक औषधिहरूको उपयोग संसारभरि ठूलो मात्रामा गर्ने गरिन्छ ।
प्रमुख औषधिका नाम यसप्रकार छन्ः बिटा लौकटम, एन्टिबायोटिक्स, पेनिसिलीन, अमोकिसलीन, एम्पिसिलीन, सिप्लोस्पेरिन, जैन्टामायसीन, नियोमायसीन, स्ट्रेष्टोमायसीन, टेट्रासाइकिलन, सिपरोक्लोकसासीन, किलन्डामायसीन, एरिथ्रोमायसीन, टिल्मीकोसीन, टाइलोसीन, फलेवोमायसीन, मानेन्सीन इत्यादी । यीमध्ये प्रायजसोको उपयोग मानिस तथा पशु दुवैमा हुने गर्दछ । केही औषधिको प्रयोग केवल मानिसमा मात्र गरिन्छ, किनकी यीनको प्रयोग पशुमा अनुचित मानिन्छ र केही धेरै महँगो हुने गर्दछन् ।
केही औषधिहरू केवल पशुहरूको रोगको रोगथाम तथा तिनीहरूको शारीरिक विकास बढाउनका लागि गरिन्छ । सही औषधिको छनौट, त्यसको खुराकको मात्रा तथा दिने विधि यस कुरामा निर्भर गर्दछ कि, औषधि के कारण या कुन रोगको लागि दिइँदै छ । पशु चिकित्सकहरूले उपचार गर्ने बेलामा संक्रमणको कारण, किटाणुको प्रकार एवं विशेषताहरू, पशुको औषधिप्रति सहनशक्ति, औषधिको दुष्प्रभाव आदि हेरी औषधिको जीवाणुमारक क्षमताअनुसारको औषधि प्रयोय गराउने गर्छन् । यी औषधिहरू दानापानी अथवा इन्जेकसनद्वारा चिकित्सकीय सल्लाहअनुसार दिइन्छ । तर, यी औषधिहरूको दुरूप्रयोगको धेरै दुष्परिमाण हुन सक्दछ ।
बढ्दो जनसंख्याको कारण पशुजन्य खाद्यपदार्थको माग लगातार बढ्दो छ । धेरै उत्पादनका लागि पशुहरूमा रोगहरूबाट बचाउन एवं रोकथाम गर्न आवश्यक हुन्छ । यसको लागि एन्टिबायोटिक औषधिहरूको उपयोग आवश्यक हुन्छ । यसका साथसाथै कैयौँ जीवनरोधी पदार्थहरूको प्रयोग पशुहरूको दानापानीमा गर्ने गरिन्छ । जसले गर्दा पशु उत्पादन, पशुपालन तथा कुखुरा पालनमा प्रयोग हुने कैयौँ औषधिहरू, जस्तैः कोरटेट्रासाइकिलन, अकसीटष्ट्रा साइकलीन, पेन्सीलीन, टायलोसीन वेसीट्रेसीन, नियो मायसीन स्ट्रेप्टोमायसीन, एरीथ्रोमायसीन, लिन्कोमायसीन वैम्बरमायसीन बजिनामायसीन, ओलिएन्डोमायसीन इन्रोल्फ्रोकसासीन कोलेस्टीन इत्यादी । यसबाहेक पनि अरु धेरै छन् ।
जनस्वास्थ्यको लागि जोखिम जुन प्रकारले मानिसहरूमा हुने रोगहरूका जीवाणुहरू नष्ट गर्नका लागि नयाँ–नयाँ औषधिहरूको आविष्कार हुन्छ, त्यसैगरी जीवाणुहरूले पनि आफ्नो बचाउको उपाय खोज्दछ । यस कारण तिनमा औषधि प्रतिरोध गर्नेको क्षमता विकास हुन्छ । तर, एन्टिबायोटिक औषधिहरूको अनुचित एवं अन्धाधुन्ध प्रयोगले तिनको यो क्षमता तेजले बढ्दछ र यस्ता जीवाणु वातावरणमा फैलिन्छन्, जसलाई सामान्य औषधिले नष्ट गर्न मुस्किल हुन्छ ।
पशु चिकित्साकर्मीहरू एवं पशुपालकहरूले एन्टिबायोटिकको उपयोगमा गम्भीररूपले विचार गर्नुपर्ने हुन्छ । किनकि उपचार गर्ने बेला या उपचारपछि यी औषधिहरू पशुको दुध, फूल, मासुजन्य उत्पादनमा आवश्यकरूपमा आउन सक्छ । जुन जनस्वास्थ्यको लागि हानिकारक हुन सक्छ । एन्टिबायोटिक प्रतिरोधी क्षमता भएका जीवाणुले आफ्नो यो क्षमताको प्रसार अर्काे जीवाणुमा गर्न सक्छ । जसको गम्भीर परिणाम हुन सक्छ । यस्ता कैयौँ रोग जसको उपचार पहिले सजिलै हुन्थ्यो ।
एन्टिबायोटिक प्रयोगमा सावधानीहरू :एन्टिबायोटिक औषधिहरूको प्रयोग उचित विधिअनुसार तथा चिकित्सकको सल्लाहअनुसार सोचविचार गरी गर्नु पर्छ । यी औषधिहरूको उपयोगमा लापरबाही भएमा मानिस तथा पशुहरू दुवैमा मृत्युको कारण बन्न सक्छ । एन्टिबायोटिक औषधिहरूको अनुचित प्रयोग जस्तो कि अधिक वा कम मात्रा अनियन्त्रित उपयोग, नक्कली वा कमसल गुणस्तरको औषधिको उपयोग अत्यधिक नोक्सानी पु-याउँछ साथै ज्यानजोन रोगको उत्पति एवं विकास गराउन सक्छ । यसैले विचार गरौँ । एन्टिबायोटिक नै सबै खाले रोगको सर्वकालिक समाधान हैन भन्नेमा ।
सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com