सातवटै प्रदेशमा सार्वजनिक भयो ‘अपाचे आरटीआर १६० २भी’

काठमाडौं, मंसिर १३
जगदम्बा मोटर्स प्रालिले नेपालमा आधिकारिक रुपमा बिक्रीवितरण गर्दै आएको अन्तर्राष्ट्रिय बजारमा अत्यधिक लोकप्रिय टु ह्विलर मोटरसाइकल टीभीएस अपाचे सिरिज मुख्य प्रायोजक रहेको देशकै एक विशाल सांगीतिक कार्यक्रम टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ ले सातवटै प्रदेशमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । देशलाई संगीतको माध्यमबाट जोड्ने प्रयासका साथ गत कात्तिक २० गतेदेखि सुरु गरिएको यो कार्यक्रम मंसिर ४ गते सम्पन्न भएको हो ।

भिजिट नेपाल २०२० लाई लक्षित गरी यस सांगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमालको साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । सोही टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ को सांगीतिक माहौलबीच युवा वर्गमाझ अत्यन्त कौतूहल रहेको टीभीएस अपाचे आरटिआर १६० २ भी रेस इडिसन डबल डिस्कको पनि सातवटै प्रदेशमा कार्यक्रममा सहभागी कलाकारहरुद्वारा सार्वजनिक गरिएको थियो ।

टीभीएस मोटर कम्पनीको लोकप्रिय टीभीएस अपाचे सिरिजअन्तर्गत रहेको अपाचे आरटिआर १६० २ भी रेस इडिसन डबल डिस्कको मुख्य आकर्षण डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङ ग्राफिक, न्यू थ्रिडि हर्स लोगो ओभर स्क्वायर इन्जिन र डिजिटल डिस्प्ले हुन् । साथै यसको इन्जिन एयर कुल्ड छ र इलेक्ट्रिक/किक स्टार्ट गर्न सकिने विशेषतायुक्त छ । यसैगरी ग्राउण्ड क्लिरेन्स १६५ मिमि रहेको यो अपाचे आरटिआर यो बाइक हाँक्दा थप आनन्दको अनुभूति प्राप्त हुनेछ । १ नं प्रदेशको बिर्तामोडबाट आरम्भ भएको यो कार्यक्रम वीरगञ्ज, चितवन नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर हुँदै अन्तिममा ४ नं प्रदेशको पोखरामा आई समाप्त भएको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com