आईएमई डबलको डबलको डबल अफरको बम्पर विजेता खा·

काठमाडौं, मंसिर १३
आईएमईले पर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे वीरेन्द्र खाङ्ग बनेका छन् । राजधानीमा आयोजित विशेष समारोहकावीच सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत खाङ्ग विजेता छनोट भएका हुन् । विजेताले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । सेवाग्राही खाङ्गले आफूले पठाएको रकमको डबलको डबलको डबल अर्थात् आठ (८) गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ रकम प्राप्त गरेका छन् । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राज गिरिले संयुक्त रुपमा स्टार्ट बटम क्लिक गरि विजेता छनोट गरेका थिए ।

लक्की ड्रमार्फत बम्पर विजेता घोषणा गरिएको उक्त कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सको आप्रवाह घट्ना साथ धेरै आर्थिक क्रियाकलाप खुम्चिने भन्दै विदेशबाट आउने रेमिटेन्सलाई औपचारिक संचालबाट भित्र्याउन र नेपाल आइसकेको रेमिट्यान्सलार्ई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सकेका देशभित्रै रोजगारीका सम्भावना उजागर हुने बताए ।

अध्यक्ष ढकालले आईएमईले विदेशमा बसेर आर्जन गरेको पुँजीलाई बैंकिङ्ग सञ्जालमार्फत देशमा भित्र्याउन यस्ता योजनाहरु ल्याउने गरेको बताए । उनले यस्ता पर्व लक्षित योजनाहरुले देशको समग्र अर्थतन्त्र, सेवाग्राही तथा कम्पनीलाई समेत फाइदा पुग्ने बताए । यस्ता योजनाले सेवाग्राही तथा कम्पनीबीचको सम्बन्धलाई थप मजबुत बनाउने बताउँदै आगामी दिनमा पनि यस्ता योजनाहरु ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो समयमा रेमिटेन्स आप्रवाह घट्दै गएकोमा चिन्ता व्यक्त गरे । त्यस्तै आईएमईका ब्राण्ड एम्बासडर दीपक राज गिरिले आईएमई र आईएमईका सेवाग्राहीहरूबीचको प्रगाढ सम्बन्धले नै आईएमईलाई एक सफल व्यावसायिक ब्राण्ड बनाएको उल्लेख गर्दै यो दशैँमा आईएमईले ल्याएको खुसीलाई डबलको डबलको डबल स्कीमले थप प्रगाढ बनाउन सफल भएको बताए । ७७ दिनको योजना अवधिमा दैनिक लक्की ड्रमार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्रमार्फत २२ जना, मासिक लक्की ड्रमार्फत ४ र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राही लाभान्वित भएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com