ओप्पोको नयाँ स्मार्टफोन बजारमा

काठमाडौं, मंसिर १३
ओप्पोले आफ्नो नयाँ कलरओएस७ भारतको नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको छ । ओप्पोले पहिलो पटक चीनभन्दा बाहिर एण्ड्रोइडमा आधारित आफ्नो सञ्चालन प्रणाली सार्वजनिक गरेको हो । नयाँ नारा ‘स्मूथ एण्ड डिलाइटफूल’का साथमा कार्यक्रममार्फत सार्वजनिक नयाँ कलरओएस’मा प्रयोगकर्ता केन्द्रित अनुभव प्रदान गर्ने सोचका साथ, असिमित डिजाइन अवधारणा, प्राविधिक समाधान तथा नयाँ स्थानियकरण गरिएका फिचर्सहरु समावेश गरेको कम्पनीले जनाएको छ । इन्फिनिटी डिजाइनका साथमा कलरओएसले युजर इन्टरफेसमा थप सरलीकृत अनुभव प्रदान गर्न लाइटवेट भिजुअल एप्रोच अपनाएको छ । यसले प्रयोगकर्तालाई आफ्ना रुचिअनुसारका सामग्रीमा ध्यान केन्द्रित गर्न थप सघाउने कम्पनीको भनाइ छ ।

कलरओएस७ले सरल अन्तत्र्रिmयाका लागि थप मार्गप्रशस्त गरेको छ । कम्पनीका अनुसार नयाँ मौसमअनुकूल अलार्मले स्वचालितरुपमा मौसमअनुसार अलार्म साउण्ड समायोजित गर्छ । साथै, नयाँ आर्टिस्ट वालपेपर प्रोजेक्ट अनुसार अब प्रयोगकर्ताले समय र स्वाइपका आधारमा परिवर्तन हुने थप जीवन्त वालपेपरको मज्जा लिन सक्ने कम्पनीको भनाइ छ । चार्जिङ, मौसम तथा एप डिलेट गर्दाका लागि यसमा नयाँ एनिमेसनको व्यवस्था गरिएका छन् । कलरओएसको समग्र साउण्ड सिस्टम अपग्रेडका लागि ओप्पोले डेनमार्कको अडियो डिजाइन कम्पनी ईपिक साउण्डसंग सहकार्य गरको छ । युआई फस्र्ट अवधारणामा आधारित कलरओएसमा तीव्र र सहज अनुभव प्रदान गर्ने सोचका साथ ओफास, ओमेम र ओसेन्स लगायत पनि समावेश गरिएका छन् ।

ओफास क्यास प्रिलोडका लागि एक संयन्त्र हो । यसले कोल्ड स्टार्टलाई वार्म स्टार्ट जत्तिकै तीव्रता प्रदान गर्छ । यसले गर्दा अब एप्स अझ छिटो खुल्नुका साथै सञ्चालन समेत हुन्छ । त्यसैगरी ओमेमले प्रयोगकर्ताका बानीको आधारमा प्रणालीगत संसाधनलाई आवश्यकताअनुसार स्थानान्तरण तथा बाँडफाँट गरी तीव्र अनुभव प्रदान गर्न सघाउँछ । यो प्रविधिको सहायताबाट -यामको उपयोगिता ४० प्रतिशतले बुष्ट हुन्छ । एकभन्दा बढी एप्स चलिरहेको बखत यसको कारण सिस्टम रेस्पोन्समा पनि ३० प्रतिशतले वृद्धि हुन्छ ।

साथै, ओसेन्स ( तालिका संयन्त्र)ले फ्रन्ट एन्ड र प्रयोगकर्ता सम्बन्धि थ्रेडलाई प्राथमिकता दिँदै टच रेस्पोन्स तथा फ्रेम रेट्स समायोजन गरी गेमिङलाई थप सहज बनाउन सघाउँछ । तीव्र प्रतिस्पर्धात्मक ब्याटल गेम्सका लागि टच रेस्पोनसमा २१.६ प्रतिशत र फ्रेम रेटमा ३८ प्रतिशतले सुधार प्रदान गरिएको कम्पनीले जनाएको छ । ओप्पोले यूजर डाटा सुरक्षार्थ पर्सनल इन्फोरमेसन प्रोटेक्सन शिल्ड उपलब्ध गराएको छ । यसले थर्ड पार्टी एप्सबाट तिनका सुचना जोगाउन सघाउँछ । प्राइभेट सेफले फोटो, भिडियो, अडियो लगायत अन्य डक्यूमेन्ट्सलाई एप्सको पहुँचभन्दा बाहिर स्टोरेज फोल्डर सेक्योर जोनमा स्थानान्तरण गर्छ ।

नयाँ कलरओएस७मा भएको एआई ब्यूटिफिकेसन २.०ले वातावरण र प्रकासको उचित मापन गर्दै प्रयोगकर्ताको स्किन टोनका आधारमा स्पष्ट फेसियल डिटेल्सका साथै सर्वाधिक प्राकृतिक तथा आकर्षक लुक्स पस्कन सघाउँछ । यसमा रहेको अल्ट्रा नाइट मोडले क्यान्डललिट डिनर्स, रात्रीकालिन बजार लगायत स्थानमा न्वाइज घटाउँदै, थप स्पष्ट, चहकिला तथा जीवन्त रंगसहितका अदृतिय रात्रिकालीन फोटो खिच्न सघाउँछ । ओप्पोको स्मार्ट भिडियो एडिटर, सोलुपले भिडियो खिच्ने प्रक्रिया तथा एडिटिङ कार्यलाई थप सहज बनाउँदै नयाँ प्रयोगकर्ताका लागि समेत सुन्दर भिडियो खिच्न तथा एक ट्यापकै भरमा सेयर गर्न सघाउँछ ।

ओप्पोको अहिलेसम्मकै सर्वाधिक ठूलो अपडेटका रुपमा लिइएको कलरओएस७, २० भन्दा बढी फोन मोडलका लागि उपलब्ध गरिने बताइएको छ । समाहित फोनको सूचिमा रेनो, फाइन्ड एफ, के र ए सिरिजअन्तर्गतका मोडल्स रहेका छन् भने चीन, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, यूरोप, एसिया–प्यासिफिक र मिडल इस्टलगायत क्षेत्र रहेका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com