कसरी चलेको छ उद्योग राज्यमन्त्री दुगडको उद्योग धन्दा ?

शंकर लुइँटेल
विराटनगर, मंसिर १५
सुनसरी मोरङ औद्योगिक करिडोरमा उद्योग सञ्चालन गर्दै आएका उद्योगपति मोतीलाल दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेसँगै अहिले विराटनगरमा अनेकौँ प्रश्नहरु उठ्न थालेका छन् । पहिलो संविधानसभामा नयाँ पार्टी दर्ता गरी नवनेपाल निर्माण पार्टी गठन गरी संविधानसभामा चुनाव लडेका दुगड चुनावमा पराजित भएपछि आफ्नो उद्योग धन्दामा पनि पराजितजस्तै भइसकेका व्यक्ति हुन् । तर पनि आफ्नो पराजयलाई कसैसामु व्यक्त नगरी अहोरात्र आफैँ खटेर केही तंग्रिएका उनले होटल हेरिसनको सञ्चालनसँगै तत्कालीन नेकपा एमालेसँग सहकार्यबाट व्यवसाय सञ्चालन गरेका थिए । त्यसै बेला देशमा आम निर्वाचनको घोषणा भयो । उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरेर समानुपातिक कोटाबाट सांसद बन्न सफल भएका हुन् । उनको र प्रधानमन्त्री केपी ओलीबीचको सान्निध्यताका कारण मोरङ जिल्लाका ठूला ठूला एमालेका नेतालाई पछि पार्दै एमालेको कोटाबाट सांसद हुँदै अहिले पछिल्लो समय उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीसम्म बन्न सफल भएका छन् ।

राज्यमन्त्री भएपछि औद्योगिक करिडोरमा रहेका समस्या समाधान हुनेमा धेरै उद्योगी तथा व्यवसायीहरुले शंका व्यक्त गरेका छन् । उनीहरुले समग्र औद्योगिक व्यवसायीको हकहितमा कुनै काम हुन नसके पनि स्वयं मन्त्री आफैँले आफ्नो हकहितमा पक्कै केही काम गरेर देखाउने कुरामा सबै उद्योगी तथा व्यवसायीहरु एकमत देखिन थालेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा नियुक्ति हुनुअगाडि नै सुनसरी मोरङ औद्योगिक करिडोरमा दुगडको दुगड इस्पाइसेस एण्ड फुड प्रोडक्ट, होटल हेरिसन, नेशनल पोलिटेङ, एसिया इन्टरनेशनल केमिकल्स सञ्चालनमा रहेका छन् । त्यसैगरी लामो समयदेखि निर्माणकार्य ठप्प रहेको निर्माणाधीन अवस्थाको सेन्चुरी महलले पनि पछिल्लो समयमा आएर निर्माणकार्यमा तीव्रता पाएपछि मन्त्री दुगड विराटनगरमा चर्चाको शिखरमा रहन पुगेका छन् ।

स्वर्गीय हरी सिंह दुगडका छोराहरु शान्तिलाल दुगड, विनोदलाल दुगड, सतिशलाल दुगड र कान्छो छोराको रुपमा रहेका मोतीलाल दुगडका बीचमा पछिल्लो समयमा आएर अंशबण्डा समेत भइसकेको उनका निकटवर्ती सहयोगीहरुले बताएका छन् । दाजुभाइका बीचमा भएको अंशबण्डाबाट नेशनल पोलिटेङ विनोदलाल दुगडले सञ्चालन गर्दै आएका छन् भने एसिया इन्टरनेशनल केमिकल्स सतिशलाल दुगडले सञ्चालन गर्दै आइरहेका छन् ।

बाँकी रहेको दुगड इस्पाइसेस एण्ड फुड प्रोडक्ट, होटल हेरिसन र निर्माणाधीन अवस्थामा रहेको सेन्चुरी महल मन्त्री मोतीलाल दुगडले आफैँ सञ्चालन गर्दै आएका छन् । जति व्यवसाय र उद्योग अंशबण्डा भए पनि सञ्चालनमा आएका सबै उद्योग तथा व्यवसायका कानुनी रुपमा सञ्चालक भने एकमात्र उनै मन्त्री दुगड छन् । व्यावहारिक रुपमा दाजुभाइबीच अंशबण्डा भए पनि कानुनी रुपमा सञ्चालक मन्त्री आफैँ छन् ।

उक्त करिडोरदेखि उद्योग संगठन र मोरङ व्यापार संघको निर्वाचनमा समेत आफ्ना विरोधी खेमासँग हात मिलाएर चर्चाको शिखरमा पुगेका राज्यमन्त्री दुगड व्यापारका लागि चतुर खेलाडीमा गनिन्छन् । विराटनगरको व्यापारमा ट्रेडिङको कारोबार गरेर आफूलाई स्थापित गराउन पुगेका उनले कुनै समय भारतबाट सिमेन्ट ल्याएर अकल्पनीय मुनाफा कमाएका थिए । त्यसपछि उद्योग स्थापनातर्फ हात हालेका थिए । उनले उद्योग स्थापनादेखि सञ्चालनसम्म आउँदा धेरै कठिनाइ भोगेर पनि हिम्मत नहारी देखाएको साहसका कारण अहिले पनि उनका उद्योग धन्दाहरु निर्बाध रुपमा सञ्चालनमा नै रहेको उनी निकटका उद्योगी तथा व्यवसायी बताउँछन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com