झण्डै साढे चार करोड सहुलियतपूर्ण कर्जा वितरण

प्रवीण राउत
काठमाडौं, मंसिर १५
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (२०७५/०७६) को तीन महिनामा सर्वसाधारणका लागि झण्डै साढे चार करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा वितरण गरेको छ । चालू आवको तीन महिना अर्थात् साउन, भदौ र असोजमा गरी कुल चार करोड ४५ लाख ६७ हजार आठ सय ८४ रुपैयाँ कर्जा वितरण गरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । प्रवक्ता निरौलाका अनुसार सो कर्जा २० हजार छ सय ५९ जनालाई वितरण गरिएको हो ।

राष्ट्र बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा तथा भूकम्पपीडितहरुको निजी आवास निर्माण समूह गरी सातवटा लक्षित वर्गलाई कर्जा वितरण गर्दै आएको छ । सोहीअनुरुप चालू आवमा सो रकम वितरण गरेको उनले बताए ।

यस्तै तीन करोड ९३ लाख एक हजार दुई सय ९४ रुपैयाँ भने कर्जा वितरण गर्न भने बाँकी रहेको प्रवक्ता निरौलाको भनाइ छ  । कर्जा वितरणको लागि राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीहरुलाई तोकेको थियो । सोहीअनुरुप चालू आवमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमार्फत उक्त रकम लक्षित सात वर्गलाई प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको तीन महिनामा वाणिज्य बैंकले चार करोड १८ लाख छ हजार पाँच सय ९०, विकास बैंकले २५ लाख ९२ हजार पाँच सय दुई रुपैयाँ र वित्त कम्पनीहरुले एक लाख ६८ हजार सात सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

 

उक्त कर्जा रकममध्ये वाणिज्य बैंकले १९ हजार ८ सय ९७ जनालाई, विकास बैंकले छ सय ९८ जनालाई र वित्त कम्पनीहरुले ६४ जनालाई सो कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाअन्तर्गत चार करोड छ लाख २५ हजार दुई सय, शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत २१ हजार सात सय ५०, विदेशबाट फर्केका युवा परियोजना कर्जाअन्तर्गत ६० हजार चार सय, महिला उद्यमशील कर्जाअन्तर्गत नौ लाख ८७ हजार सात सय, दलित समुदाय व्यवसाय विकास कर्जाअन्तर्गत ५७ हजार छ सय, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाअन्तर्गत १८ हजार सात सय, भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाअन्तर्गत ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १८ हजार एक सय २१ जना, शिक्षित युवा स्वरोजगार कर्जा ३५ जना, विदेशबाट फर्केका युवा परियोजना कर्जा ७९ जना, महिला उद्यमशील कर्जा एक हजार तीन सय ८१ जना, दलित समुदाय व्यवसाय विकास कर्जा ९९ जना, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ६३ जना, भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा एक सय १९ जनालाई कर्जा प्रवाह गरिएको छ ।

विकास बैंकहरुले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाअन्तर्गत २५ लाख ७५ हजार दुई सय, महिला उद्यमशील कर्जाअन्तर्गत १० हजार आठ सय, दलित समुदाय व्यवसाय विकास कर्जाअन्तर्गत एक हजार सात सय, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा एक हजार एक सय, भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाअन्तर्गत दुई हजार तीन सय कर्जा वितरण गरेको छ ।

विकास बैंकहरुले सो रकम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा छ सय ७३ जना, महिला उद्यमशील कर्जा १२ जना, दलित समुदाय व्यवसाय विकास कर्जा दुई जना, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा दुई जना, भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा आठ जना गरी कुल छ सय ९८ जनालाई कर्जा प्रवाह गरेको हो ।

वित्त कम्पनीहरुले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाअन्तर्गत एक लाख ६४ हजार तीन सय, महिला उद्यमशील कर्जाअन्तर्गत दुई हजार पाँच सय, दलित समुदाय व्यवसाय विकास कर्जाअन्तर्गत एक हजार आठ सय कर्जा प्रवाह गरेको जनाएको छ । वित्त कम्पनीहरुले सो कर्जा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ११ जना, महिला उद्यमशील कर्जा दुई जना, दलित समुदाय व्यवसाय विकास कर्जा तीन जनालाई गरी कुल १४ जनालाई कर्जा प्रवाह गरेको हो ।

यस्तै राष्ट्र बैंकले कर्जा वितरण गर्न बाँकी भन्दै तीन करोड ९३ लाख एक हजार दुई सय रुपैयाँ भएको जनाएको छ । वाणिज्य बैंकले तीन करोड ६८ लाख ३५ हजार पाँच सय, विकास बैंकले २३ लाख दुई हजार आठ सय र वित्त कम्पनीहरुले एक लाख ६२ हजार सात सय रुपैयाँ कर्जा वितरण गर्न बाँकी रहेको जनाएको छ ।

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाअन्तर्गत तीन करोड ८१ लाख ९७ हजार दुई सय, शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत २० हजार सात सय, विदेशबाट फर्केका युवा परियोजना कर्जाअन्तर्गत ५५ हजार दुई सय, महिला उद्यमशील कर्जाअन्तर्गत नौ लाख २० हजार सात सय, दलित समुदाय व्यवसाय विकास कर्जाअन्तर्गत ५७ हजार दुई सय, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाअन्तर्गत १६ हजार तीन सय, भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाअन्तर्गत ३३ हजार सात सय रुपैयाँ कर्जा प्रवाह गर्न बाँकी रहेको जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई रकम वितरण गर्नको लागि निर्देशन दिए पनि त्यो उत्साहजनक र उपलब्धिमूलक नभएको सरोकारावालाहरु बताउँछन् । जसलाई आवश्यक परेको छ, ऊसम्म पुग्नुपर्ने रकम सम्बन्धित व्यक्तिसँग नपुगेको उनीहरुको भनाइ छ । वैदेशिक रोजगारीमा जाने युवाहरुले कर्जा लिन खोजे पनि कर्जा प्राप्त गर्न नसकेको गुनासो बढी देखिन्छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com