उपनिर्वाचनमा नेकपाकै वर्चस्व

काठमाडौं, मंसिर १५
शनिबार भएको उपनिर्वाचनमा सत्तारुढ नेकपाकै वर्चस्व देखिएको छ । विभिन्न कारणले रिक्त रहेका क्षेत्रहरुमा संघ, प्रदेश र स्थानीय तहमा शनिबार उपनिर्वाचन भएको थियो । शनिबार निर्वाचन भएपछि केही स्थानीय तहको परिणाम आइसकेको छ । परिणाम आएकामध्ये अधिकांशमा नेकपा नै विजयी भएको छ । गत स्थानीय निर्वाचनमा विजयी क्षेत्रहरुमै नेकपा विजयी भएको हो । सर्लाहीको हरिपूर्वा गाउँपालिका–१ को अध्यक्षमा भने समाजवादी पार्टी विजयी भएको छ ।

सत्तामा बसेर जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लागिरहेको बेला नेकपाका मतदाताले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई मतदान नगरी आफ्नै उम्मेदवारलाई मतदान गरेको निर्वाचनका प्रारम्भिक परिणामले देखाएको छ । यद्यपि कास्कीमा भएको संघ तथा भक्तपुर, बाग्लुङ र दाङमा भएका प्रदेशसभा सदस्यको परिणाम भने आउनसकेको छैन । ती सबै क्षेत्रमा गत निर्वाचनमा नेकपाकै उम्मेदवार विजयी भएका थिए ।

शनिबार रातिसम्म लमजुङको सुन्दरबजार नगरपालिका–२ को अध्यक्षमा नेकपाका नविन कुमार श्रेष्ठ, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका कृष्ण्बहादुर तामाङ, रोल्पाको थवाङ–१ मा नेकपाका जनक बहादुर बुढा, सल्यानको कमाख गाउँपालिका–५ मा नेकपाका धर्मे बुढाथोकी ज्वाला विजयी भएका छन् भने सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । शनिबार ३७ जिल्लामा ५ सय ३७ मतदान केन्द्रमा मतदान कार्य भएको थियो । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, सुत्केरी, किरियापुत्री, अशक्त मतदातालाई सहज ढंगले मतदान गर्न पाउने गरी आवश्यक प्रबन्ध मिलाइएको निर्वाचन आयोगले जनाएको छ । 

यस उपनिर्वाचनमा प्रतिनिधि सभातर्फ कास्की निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य–१, प्रदेशसभा सदस्यतर्फ भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को १, बागलुङ जिल्ला क्षेत्र नं. २ को २, दाङ जिल्ला निर्वाचन क्षेत्र नं. ३ को २ गरी –३ जना र स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख–१, संखुवासभा जिल्ला मकालु गाउपालिकाको अध्यक्ष–१, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष–१ गरी गाउँपालिका अध्यक्ष–३ जना, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ र विभिन्न गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष–४३ गरी जम्मा ५२ रिक्त पदका लागि उपनिर्वाचन सम्पन्न भएको छ ।

उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेश सभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दल प्रतिस्पर्धामा रहेका छन् । उपनिर्वाचनमा प्रतिस्पर्धी ३३७ उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेका छन् । जस मध्ये २५३ पुरुष र ८४ महिला उम्मेदवार छन् । प्रतिनिधिसभा सदस्यतर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी २१, प्रदेशसभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्फ राजनीतिक दलका २१३ र स्वतन्त्र ६० गरी जम्मा २७३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जना मतदाता रहेकोमा २ लाख ९७ हजार १ सय ३७ जनाले मतदान गरेको र यस उपनिर्वाचनमा सरदर ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेश सभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९ मत) मतदान भएको छ ।

यसैगरी स्थानीय तहका सदस्यतर्फ धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा क्रमशः ६६, ६५, ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ । उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिकाको वडा नं १ को वडाअध्यक्षको लागि भएको मतदानमा १६.४ प्रतिशत मात्र मतदान भएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com