त्रिविको वार्षिक बजेट २३ अर्ब ५ करोड

काठमाडौं, मंसिर १५
त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६/०७७ को लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ । चालू आर्थिक वर्षको लागि शुक्रबार त्रिवि सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतीद्वारा प्रस्तुत गरिएको उक्त बजेट स्वीकृत भएको हो । त्रिविले नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पुँजीगत खर्च गरी कुल ८ अर्ब ५१ करोड ४५ लाख तथा विकासतर्फ ६१ करोड ८५ लाख रकम विनियोजन भएको छ । जसमा पुँजीगत खर्च तीन अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन गरेको छ । जसमा विश्वविद्यालय अनुदान आयोगबाट कुल १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान प्राप्त हुने र बाँकी त्रिविको आन्तरिक आम्दानीबाट व्यहोर्ने बजेटमा उल्लेख गरिएको छ ।

त्रिविमा शिक्षणतर्फको वार्षिक तलबमा हुने खर्च ५ अर्ब ४० करोड ५६ लाख ३७ हजार र प्रशासनिक कर्मचारीको तलबमा हुने खर्च ४ अर्ब १२ करोड ३६ लाख ६७ हजार विनियोजन भएको छ । त्रिविमा हाल शिक्षण कर्मचारीतर्फ ७ हजार ९ सय ३८ र प्रशासनिक एवं प्राविधिक कर्मचारीतर्फ आठ हजार एक सय २४ कर्मचारी कार्यरत रहेका छन् । गत आर्थिक वर्ष २०७५/०७६ मा नेपाल सरकारबाट छ अर्ब ७२ करोड ३८ लाख ५४ हजार अनुदान प्राप्त भएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा छ अर्ब ६७ करोड ६५ लाख अनुदान प्राप्त भएको थियो ।

त्रिविको अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को वास्तविक खर्च १२ अर्ब ४६ करोड ५ लाख ५८ हजार रहेको थियो । यसैगरी त्रिविले अनुसन्धान तथा विकास खर्च शीर्षकमा १५ करोड ३० लाख ७६ हजार विनियोजन गरेको छ भने विद्यार्थी कल्याण खर्च शीर्षकमा १० करोड ९ लाख ९० हजार रकम विनियोजन भएको छ । यसै बजेटको परिधिभित्र रहेर त्रिविले यस वर्ष स्ववियु निर्वाचन समेत गर्नुपर्नेछ । यसैगरी छात्रवृत्ति शीर्षकमा तीन करोड ७१ लाख ४६ हजार विनियोजन गरिएको छ । परीक्षा सञ्चालन खर्च ८२ करोड ३१ लाख १० हजार विनियोजन भएको छ ।

कार्यक्रममा त्रिविका सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका उपलब्धि, समस्या समाधानको बाटो स्पष्ट हुने गरी त्रिविले खाका तयार गर्नुपर्ने बताए । त्रिविको भिजन २०२०–३० लाई टेकेर विश्वविद्यालयलाई व्यवस्थित बनाउने र ऐतिहासिक ढंगले गौरवशाली इतिहास भएको विश्वविद्यालयलाई नयाँ बनाउने योजना चाहिने उनले बताए । विगतमा राजनीतिक उद्देश्य पूर्तिको थलो विश्वविद्यालय हुने गरेकोले समस्या आएको बताउँदै उनले अब त्यसको अन्त्य गरी आगामी दिनमा प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा केन्द्रित गरिने बताए । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले त्रिविलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै १५ बुँदे कार्ययोजनासहित लक्ष्य प्राप्तिमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बजेट वक्तव्य दिँदै रजिष्ट्रार उप्रेतीले शैक्षिक पात्रोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा प्राविधिक शिक्षालाई विस्तार गर्दै लैजाने नीति अंगीकार गरेको, उच्च शिक्षालाई मुलुकको विकास र समृद्धिबीच अन्तर्सम्बन्धित गरी उद्यमशीलता विकास गर्ने, स्वरोजगारको अवस्था सिर्जना गर्ने नीति रहेको बताए । उच्च शिक्षा प्रदान गर्ने ३० देशका १ सय ६१ विश्वविद्यालयहरुसँग सम्झौता गरी संयुक्त अनुसन्धान र विद्यावारिधिका कार्यक्रमहरु सञ्चालन गर्न वातावरण बनाएको जानकारी दिए ।

उनले गत वर्षको शैक्षिक उपलब्धि प्रस्तुत गर्दै ७० हजार ७७ विद्यार्थी उत्तीर्ण भएका, जसमा एमफिल गर्ने १७१, पीजीडी गर्ने २१४, विद्यावारिधि, एमसीएच डिएम गर्ने १०५ रहेको जानकारी दिए । साथै गत वर्ष नै व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८, शिक्षाशास्त्र संकायबाट २० हजार ६ जना, मानविकी तथा सामाजिक शास्त्र संकायबाट १३ हजार छ सय ९५ र कानुन संकायबाट एक हजार ६ सय ६६ जनशक्ति उत्पादन भएका छन् भने विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ४ सय ५२, इन्जिनियरिङ अध्ययन संस्थानमा २ हजार ९ सय ७२ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ७ सय १९ जना, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा ५ सय ५ जना र वन विज्ञान अध्ययन संस्थानमा २६४ जना जनशक्ति उत्पादन भएको जानकारी दिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com