अमेरिका–चीनबीचको व्यापारिक तनाव : एसियाली देशका लागि अवसर

डा. सुमनकुमार रेग्मी
सन् २०१८ जनवरीदेखि सुरु हुँदै आएको अमेरिका र चीनबीचको व्यापारिक तनाव मथ्थर हुन सकेको छैन । बीचबीचमा दुई देशबीचको व्यापारिक तनाव कहिले साम्य होला होला जस्तो त कहिले तनाव बढ्दै गरेको देखिन्छ । दुई देशबीच पहिलो चरणको व्यापारिक सम्झौता हुने तयारी चलिरहे पनि हालसम्म हुनसकेको छैन ।

अमेरिकाका व्यावसायिक तथा प्राज्ञहरुले अमेरिकाको कतिपय आर्थिक नीतिका कारण सन् २०२१ को अन्तसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् । अमेरिकी सरकारले ल्याएका करवृद्धिको योजना र उच्च बजेटघाटाले अन्ततः अर्थतन्त्र नै नोक्सान हुने अनुमान गरिएको छ । अमेरिकी सरकारले आफ्ना प्रमुख व्यापारिक साझेदार देशबाट भित्रिने सामानमा कर वृद्धि गर्दै आएको छ । अमेरिकी सरकारले चीनसहित युरोपेली देश, मेक्सिको र क्यानडाबाट आउने सामानमा कर बढाएको छ ।

विश्वको सर्वाधिक ठूला अर्थतन्त्र भएका देश अमेरिका र चीनबीचको व्यपारमा एक्कासि कमी आएको छ । अमेरिकाले करिब तीन सय अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा पटक–पटक गरी कर वृद्धि गर्दै आएको छ । कर वृद्धिको कदम २०१९ सम्म थाती राखिने बताएको छ ।

चर्काचर्कीको अवस्था :- दुई शक्तिशाली विश्व अर्थतन्त्रबीच चर्किएको व्यापारिक तनावले विश्व वित्तीय बजारमा निराशा छाउँदै आएको छ । यस्ता द्वन्द्वका एक अर्काबीचको आरोप/प्रत्यारोपले नकारात्मक दिशातिर मोडिँदै गएको छ । यसको प्रभाव अरु मुलुकसहित बेलायतलाई समेत पर्नसक्ने खतरा रहेको छ । तर यो खतरा मोल्न अरु देशहरु मनिरहेका छैनन् । चीन र अन्य देशहरुको सन्दर्भलाई बेवास्ता गरी एकपक्षीय र संरक्षणवादी नीति अगाडि ल्याउने अमेरिकी अभ्यासको चीनले कडा आलोचना गर्दै आएको छ ।

अमेरिकाले चीनको चाइना जनरल न्यूक्लियर पावर कर्पाेरेसनलाई २०७६ अगष्टमा निगरानी सूचीमा राखेको देखिन्छ । अमेरिकी उक्त कदमले राष्ट्रिय सुरक्षाको धारणालाई अपमानित गरेको छ । साथै यस्ले चिनियाँ निर्यात नियन्त्रण गर्नुका साथै अमेरिका तथा अन्य देशका व्यवसायलाई पनि असर पार्दै आएको छ । अमेरिकाले पछिल्लो पटक लगाएको करले चीनसमेत अप्ठ्यारोमा परेको छ । कतिपय अमेरिकी कम्पनीहरुले पछिल्लो समय दुई ठूला अर्थतन्त्रबीच चर्किँदै गएको व्यापारयुद्धले नोक्सान पुगेको भन्दै चीनबाट कम्पनी अन्य देशमा सार्नसमेत सुरु गरेका थिए ।

झिनो आशा :- बेला–बेलामा दुवै तर्फबाट चालिएको कर वृद्धिका कदमले विश्वसनीय सम्झौता हुन सकिरहेको छैन । चीनले अमेरिकी निर्णयको प्रतिवाद के कसरी गर्नेछ भन्ने स्पष्ट भएको देखिँदैन । चीनले अमेरिकी कम्पनीहरुलाई कालोसूचीमा राख्ने घोषणा गर्दै आएको छ । अमेरिकाबाट ठूलो पमिाणमा चीनले अमेरिकी कृषिजन्य सामान खरिद गर्ने प्रतिबद्धता गरे पनि चीनले त्यसो नगरेको आरोप लाग्दै आएको देखिन्छ । अमेरिकाले चीनले कृषिजन्य अमेरिकी उत्पादन धेरैभन्दा धेरै खरिद गर्ने भन्ने चाहेको छ ।

चीनमाथि अमेरिकाले फाइदा मात्रै लुटेको आरोप लगाउँदै आएको छ । अमेरिकाको अघिल्लो प्रशासनले चीनलाई स्वस्थ र सन्तुलित व्यापार सम्बन्ध बनाउँदा अमेरिकाले करदातालाई त्यसको भार बढाइएको थियो । तर अमेरिकी भनाइअनुसार अब अमेरिकाबाट चीनलाई फाइदा लिन नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउँदै आएका छन् । अमेरिका र चीनबीच व्यापारिक तनाव साम्य होला जस्तो भए पनि तनाव जारी रहँदा त्यसको प्रभाव चीनलाई देखिएको छ । कतिपय अमेरिकी कम्पनीहरु व्यापारिक तनावका कारण चीन छाड्ने पक्षमा छन् । सोही कारण ती अमेरिकन कम्पनीहरु भारतमा आउन लागेका छन् । ठूला कम्पनीहरु व्यापार युद्धलाई मध्यनजर गर्दै आफ्नो कारोबार सन्तुलित गर्न भारतमा फ्याक्ट्री खोल्ने तयारीमा रहेका देखिन्छन् ।

बहुपक्षीयताको अन्त्य र अमेकिा र चीनको प्रभुत्व हुने विश्वको उदयबारे पछिल्ला वर्षमा व्यापक छलफल भई आएका छन् । सन् १९२० पछि बन्ने नयाँ अमृरिकी सरकार थप अन्तर्राष्ट्रियवाद हुन सक्दछ भने उल्लेखनीय आर्थिक प्रगतिले चीनलाई विस्तारै राजनीतिक उदारीकरणतर्फ अघि बढाउन सक्दछ । तथापि दीर्घकालमा चीन एक्लैले अमेरिका र युरोप मिल्दा पनि प्रतिद्वन्द्विता दिनसक्ने अनुमान गरिँदै आएको छ । हुन त दीर्घकालीन आर्थिक भविष्यवाणीलाई सतर्कतापूर्वक लिनुपर्दछ ।

सन् २०४० सम्म चीनको अर्थतन्त्र अमेरिका र युरोपेली संघको २७ राष्ट्रको जोड्दा हुने हाराहारीमा हुन्छ । कुल गार्हस्थ्य उत्पादन मापनको एउटा विकल्प मात्र लिन सकिन्छ । बढ्दो व्यापारिक विवादका कारण अमेरिका र चीनले आपूm र अन्य देशलाई ठूलो आर्थिक भार पारिरहेका छन् । यदि विश्व दुई प्रणाली, साइबर क्षेत्र र बायोजेनेटिक्सजस्ता क्षेत्रमा अत्यावश्यक बाह्य नियमनमा सहमति गर्न निकै कठिन हुन सक्छ ।

चीन र अमेरिकाबीचको व्यापारिक द्वन्द्व २१ महिना लामो भइसकेको छ । २०१९ जुनयता अमेरिकाको द्विविधा बढ्दै गएको थियो । यसअघि अमेरिकाले व्यापार युद्धमा छिटो विजय हासिल गर्न सक्दछ भन्ने कल्पना गरेको थियो । तर अब दुवै देश र अरु विश्वका देशहरुका भनाइअनुसार चीनसँगको सम्झौता गर्न अझ लामो बाटो रहँदै आएको छ । अमेरिकाले यो सम्झौता गर्न दशक लागे पनि अमेरिका व्यापारिक युद्ध गर्न तयार भएको देखिन्छ । तर दुवै देश विश्वस्त छन् – वार्ता नै सम्झौताको अन्तिम विन्दु हो । चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताको वार्ता अमेरिका र चीनमा पटक–पटक हुँदै आएको छ । तर वार्ता ओझेलमा पर्दै आएको पनि देखिन्छ ।

अमेरिकाले चिनियाँ सामानको निर्बाध र खुकुलो प्रवेशको कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरीको आरोप लगाउँदै आएको छ । चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको तर महिनौंदेखि कतिपय सामान नकिनेको अमेरिकी आरोप रहँदै आएको छ । बताइन्छ कि चीनसँगको समस्या नै विश्वासघात हो । अमेरिकाले सुरुदेखि नै तनावमा रहेको वार्तालाई सहजीकरण गर्न सहयोग नगरेको बताइन्छ । अमेरिकाले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील देशको दर्जा हटाउने भन्दै आएको छ ।

सन् २०१९ सेप्टेम्बरमा आएर अमेरिकाले चुनावअगाडि चीनसँग व्यापार सम्झौता गर्न सक्ने बताइएको छ । चुनावलगत्तै चीनसँग व्यापार सम्झौता गर्न सकिने भनिएको छ । चीन र अमेरिका बौद्धिक सम्पत्ति र प्रविधि मुद्दाहरुमा वास्तविक व्यापार वार्तामा खोजिरहेका देखिन्छन् । अमेरिकाको माग सबै सम्बोधन हुने गरी अमेरिका र चीन व्यापार हुन नसक्ने स्वयम् केही अमेरिकन नै बताउँछन् ।

विचारणीय पक्ष :- चीनले अमेरिकासँग आफू लामो अवधिको लागि व्यापार युद्ध लड्नका लागि तयार भएको जनाउँदै आएको छ । चीनले अमेरिकामा विश्वबाट रेयर अर्थ आपूतिमध्र्येको ८० प्रतिशतको हिस्सा ओगट्दै आएको अवस्थामा चीनले रेयर अर्थको आपूर्तिका उद्योगका नीतिहरुका संगालो सार्वजनिक गर्ने भन्दै आएको छ । चीनले प्राकृतिक स्रोतलाई अमेरिकाविरुद्ध हतियारका रुपमा प्रयोग गर्नसक्ने भन्दै आएको छ । १७ वटा तत्वका रेयर अर्थका सम्मिश्रणको पदार्थ स्मार्टफोन, हस्पिटल स्क्यानर, परमाणु ऊर्जा स्टेसन र एलईडी लाइटका लागि प्रयोग हुदै आएको छ ।

अमेरिकामा आयात हुने रेयर अर्थमा २०१४ देखि २०१७ सम्मको अवधिमा चीनको हिस्सा ८० प्रतिशत रहेको थियो । चीनले यस्ता खनिजका बिक्रीमा प्रतिबन्ध लगाउने भनाइ राख्दै हाएको छ । त्यसैअनुरुप अमेरिकाले पनि यसको विकल्पका रुपमा तयार रहेको जनाउँदै आएको छ । अमेरिकाले चिनियाँ हुवावे कम्पनीमाथि अमेरिकी कम्पनीबाट पार्ट र प्रविधि खरिद गर्ने रोक लगाएपछि रेयर अर्थलाई हतियारका रुपमा प्रयोग गर्ने विचार चर्चामा आएको थियो । चीनको रणनीतिक स्रोत भएका कारण प्रस्तावित नीतिको रेयर अर्थको प्रयोग र प्रवर्द्धनमा विशेष जोड र मूल्य राख्ने बताउँदै आएको देखिन्छ ।

चीन र अमेरिका हरेक पटकका वार्तामा सम्मान र समानताका आधारमा आर्थिक तथा व्यापार विवादमा परामर्शद्वारा ताजगी ल्याउन चाहन्छन् । व्यापार युद्धपश्चात् चीन र अमेरिकाबीच १२ चरणभन्दा बढी वार्ता भइसकेका छन् । १४ महिनाभन्दा बढीको अमेरिका र चीनबीचको व्यापार युद्ध जी १९ का समूहमा राख्दा वा अन्तर्राष्ट्रियकरण गर्दा पनि समाधान भएको छैन । हरेका पटकका वार्ता यी दुई देश सम्बन्ध विस्तारका लागि नयाँ दिशा तय गर्ने र सहकार्य, समन्वय र स्थायित्वका साथ अघि बढाउने बताउँदै आएका छन् ।

व्यापार वार्ता टुंगिएला त ? विगत सवा वर्षदेखि भई आएको जारी अमेरिका तथा चीन व्यापार युद्ध अन्त्य गर्नको लागि सम्भावित उपाय निकाल्न दुई देशबीच पटक–पटक भएका बैठक रचनात्मक भनिँदै आएको छ । जापानमा दुई देशबीच भएको वार्ता सहमतिअनुसार दुवै पक्षले महत्वपूर्ण तथा प्रभावकारी तरिकाले वार्ता भएको बताइएको थियो । दुई पक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ उचाइमा पु¥याउने यसपटक विश्वास लिइएको थियो । पटक–पटक वार्तामा अवरुद्ध भएको वार्ता सुरु गर्न अमेरिका र चीन सहमत भएको भनिएको थियो । यो भेटवार्ता जापानमा जी २० को शिखर सम्मेलनमा भएको थियो । यस सम्मेलनमा नै अमेरिकाले चीनमाथि थप करवृद्धि गर्ने प्रतिक्रिया दिएको थियो ।

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रुपमा देखिँदै आएको छ । यो अवसरको फाइदा उठाएर भारतले अमेरिका र चीन दुवै देशमा रसायन तथा ग्रेनाइटसहित ३ सय ५० उत्पादन निर्यात गर्न सक्ने भनिएको छ । अमेरिका र चीनबीच व्यापार युद्ध भइरहेको अवस्थामा भारतले यी दुई देशमा निर्यात गर्न सक्ने वस्तुका पहिचान गरेको देखिन्छ । अमेरिका र चीन दुवै देशले एकअर्काको उत्पादनमा ठूलो परिमाणमा आयात शुल्क लगाउँदै आएका छन् । यसकारण व्यापार युद्ध नियमित हुँदै आएको छ ।

व्यापार युद्ध भारतका लागि अमेरिका तथा चीनमा निर्यात बढाउने ठलो अवसर लिइँदै आएको छ । डिजेल, एक्स रे, ट्यूब तथा केही रसायनसहित १ सय ५१ उत्पादनलाई भारतले चीनमा निर्यात गर्न सक्ने भनिएको छ । पहिले चीनले यी वस्तुहरु अमेरिकाबाट आयात गर्दै आएको छ । अमेरिकाले केही वस्तुहरु व्यापार युद्ध अगाडि चीनबाट आयात गर्दै आएकोमा युद्ध दौरानकालमा अमेरिकाले यस्ता वस्तु भारतबाट आयात गर्दै आएको देखिन्छ । अमेरिका र चीनबीचको युद्धले भारतलाई फाइदा भइरहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com