लुम्बिनी पर्यटन प्रवर्द्धन औद्योगिक व्यापार तथा कृषि महोत्सवमा दर्शकको भीड

भैरहवा, मंसिर १५
लुम्बिनी पर्यटन प्रवर्द्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा दर्शकको भीड बढेको छ । भैरहवामा जारी महोत्सवमा शनिबार मात्रै ४० हजार दर्शकले अवलोकन गरेका छन् । मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव सकिन अब दुई दिनमात्र बाँकी छ । महोत्सवको अन्त्यतिर दर्शकको चाप बढ्दै गइरहेको आयोजकले बताएको छ ।

मेला मूल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले शनिबार मात्र दुई करोडको कारोबार भएको बताए । दर्शकको चाप बढी भएपछि आयोजकले दर्शकलाई सहजै टिकटको व्यवस्थापन गर्नको लागि नियमित टिकट काउण्टरको अलवा पाँचवटा टेबलबाट टिकट उपलब्ध गराएर भीडको व्यवस्थापन गरिएको सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले बताए ।

दर्शक मात्र नभई यसपटकको महोत्सवमा स्टलको पनि भैरहवाको इतिहासमा सबैभन्दा बढी सहभागिता रहेको स्टल संयोजक रामचन्द्र रेग्मीले बताए । उनका अनुसार महोत्सवमा चार सय स्टल दर्ता भएका थिए । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा सञ्चालन भइरहेको महोत्सवमा दर्शकहरुले महोत्सव स्थलमा निर्माण गरिएको मायादेवी मन्दिर र सोभित्र राखिएका विभिन्न पर्यटकीय स्थलहरु अत्यन्तै रुचाएका थिए । साथै पशुपतिनाथ मन्दिर आकृतिको सचिवालय, सेल्फि जोन, मायाँदेवी मन्दिर आकृतिको प्रवेशद्वार लगायतमा सेल्फि लिनेको निकै भिड देखिएको थियो ।

शनिबार महोत्सवको आकर्षणको रुपमा रहेका आधुनिक गायक हेमन्त शर्मा, राजनराज शिवाकोटी, लोक तथा दोहोरी गायक बसन्त लम्साल, गायिका भूमिका गिरी, शुशिला गौतम, जनगायक जीवन शर्मा लगायत विभिन्न स्थानीय कलाकार लगायतले दर्शकलाई निकै रमाइलो प्रदान गरेका थिए । १६ गतेसम्म संचालन हुने महोत्सवमा २५ करोडको आर्थिक कारोवार तथा ३ लाख दर्शकलाइ अवलोकन गराउने आयोजकको लक्ष्य छ ।

भैरहवा मेलामा लुुम्बिनी भ्रमणको निम्तो :- भैरहवामा जारी लम्बिनी पर्यटन प्रबर्द्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा अवलोकन गर्ने दर्शकहरुलाई लुम्बिनी भ्रमणको निम्ता दिइएको छ । नेपाल भ्रमण बर्ष २०२० का सदस्य तथा लुम्बिनी प्रेस क्लबका सल्लाहकार चेतन पन्तको संयोजन तथा लुम्बिनी प्रेस क्लब र मेला आयोजक संस्था उद्योग व्यापार संगठनको आयोजनामा महोत्सव प्रवेशद्वार बाट महोत्सव प्रवेश गर्ने दर्शकलाई भ्रमणको निम्ता दिइएको हो ।

प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई थोरै भए पनि सघाउने उद्देश्यले महोत्सव प्रवेश गर्ने दर्शकलाई लुम्बिनीको परिचय झल्कने ब्रोसरसहित निम्ता दिइएको कार्यक्रम संयोजक चेतन पन्तले बताए । आफुले अमेरिका भ्रमणको क्रममा त्यहाँका विभिन्न स्थानमा लुम्बिनीको प्रचार प्रसार गर्दै लुम्बिनी भ्रमणको निम्ता दिए पश्चात आन्तरिक पर्यटकलाई पनि लुम्बिनी भ्रमणको निम्ता दिने उद्देश्यले महोत्सवमा करिब ५ सय निम्तो बाँडिएको पन्तले बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com