सोसल एप नामक नयाँ मोबाइल एप सार्वजनिक

काठमाडौं, मंसिर १५
फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्ष्टाग्राम, हाम्रो पात्रो, पठाओ, दराज एपलगायत सयभन्दा बढी विश्वचर्चित एपहरु एउटै एपमा चलाउने मिल्ने गरी सोसल एप नामक नयाँ मोबाइल एप सार्वजनिक भएको छ । अनलाइन मार्ग मिडियाद्वारा आइट्याक नेपालको प्राविधिक सहयोगमा विकास गरिएको उक्त एप गत साताको मंगलबार गुगल प्ले स्टोरमार्फत सार्वजनिक भएको हो । उक्त एप तत्काललाई गुगल प्ले स्टोरमा मात्रै सार्वजनिक गरिएको र आगामी दिनमा एप स्टोर र विन्डोजमा समेत उपलब्ध हुने सोसल एपका फाउण्डर हेमराज जोशीले बताए ।

एन्ड्रोइड मोबाइलको मात्र २ एमबी स्पेश ओगट्ने, १०० भन्दा बढी नेपाल र विश्वमा बहुचर्चित सामाजिक सञ्जाल र अन्य बहुउपयोगी सामग्रीका एपहरु र यो एउटै एपबाट चलाउन मिल्ने, निःशुल्क डाउनलोड गर्न सकिने, एउटा पनि रोडब्लक एड नराखिएको, सामान्य सञ्जाल चलाउने सर्वसाधारणदेखि प्रोफेसनल व्यक्तीहरुका लागि पनि उत्तिकै काम लाग्ने लगायत कुराहरु यो एपका विशेषता हुन् । नेपालमा यस्तो खालको एप पहिलोपटक बनेको एपका फाउण्डर जोशीको दाबी छ । अन्य देशमा यो एपसँग मिल्दाजुल्दा केही एप्स बने पनि यो एपजस्तो पृथक् एप अहिलेसम्म बनेको छैन, पृथक् यस मानेमा कि यो एपमा उपलब्ध भएका एप्सहरु एन्ड्रोड मोबाइलमा डाउनलोड गरिएका छन् भने तिनै एप खुल्छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com