परिसंघका पदाधिकारी र श्रीलंकाका राजदूतबीच भेटवार्ता

काठमाडौं, मंसिर १५
नेपालका लागि श्रीलंकाका राजदूत महामहिम हिमाली अरुणातिलके र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच भेटवार्ता भएको छ । परिसंघको सचिवालयमा शुक्रबार भएको भेटमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल श्रीलंका दुवै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रियस्तरका व्यापार, लगानी र पर्यटनमा ठोस योगदान दिनसक्ने बताए । तर दुवैबीच अपेक्षित मात्रामा व्यापार र लगानी विस्तार हुन नसकेको उनको भनाइ थियो ।

नेपालको लुम्बिनी श्रीलंकाका जनताको धार्मिक आस्थाको केन्द्र भएको र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउँदै गरेको पृष्ठभूमिमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा धार्मिक पर्यटन एवं सांस्कृतिक सम्बन्धको विकासमा दुवै देशबीच थप सहकार्यको यथेष्ट सम्भावना रहेकोले यस कार्यलाई बढाउन परिसंघ दूतावाससँग सहकार्य गर्न इच्छुक रहेको अध्यक्ष मोरले भेटवार्ताको क्रममा व्यक्त गरे । बैंकिङ, इन्स्योरेन्सको अलवा सेवा क्षेत्रको विकासमा दुवै मुलुकबीच यथेष्ट सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष मोरले यस क्षेत्रको विकासको सन्दर्भमा समेत परिसंघ सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

सो अवसरमा राजदूत अरुणतिलकेले श्रलिंकाबाट रबर उत्पादनको साथै नरिवलको तेल र नरिवलको दूध उत्पादन एवं निर्यातमा क्षेत्रीय स्तरमा प्रमुख रुपमा भएकोले नेपालमा समेत यी वस्तुहरुको बजार प्रवर्द्धनको सम्भावना भएको विचार व्यक्त गरिन् । सोही अवसरमा राजदूतले श्रीलंकाले आइटी एवं डिजिटल ट्रान्सफरमेसनको क्षेत्रमा धरै विकास गरेको पृष्ठभूमिमा नेपालले यस क्षेत्रमा श्रीलंकासँग सहकार्य गर्न सक्ने सम्भावना यथेष्ट छ र यसको लागि नेपाल सरकार र निजी क्षेत्रसँग सहकार्यका लागि दूतावास आवश्यक पहल गर्न तयार रहेको विचार समेत व्यक्त गरिन् । भेटवार्तामा परिसंघका उपाध्यक्षहरु, दूतावासको प्रथम सचिव समेतको उपस्थिति थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com