भारत र भुटानबीच विकास सहकार्यबारे उच्चस्तरीय छलफल

नयाँ दिल्ली, मंसिर १५
भारत र भुटानका उच्च सरकारी अधिकारीबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको छ । दुई मुलुकबीच भुटानमा भारतद्वारा सञ्चालित विभिन्न परियोजनाको समीक्षा पनि गरिएको भारत सरकारले जनाएको छ ।एएनआईका अनुसार भारतको राजधानी नयाँदिल्लीमा भएको यो द्विपक्षीय छलफल दोस्रो हो ।भारतीय पक्षको नेतृत्व भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव टिएस त्रिमूर्तिले गरेका थिए भने भुटानी टोलीको नेतृत्व भुटानका विदेश सचिव किंगा सिंग्येले गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसै यसै वर्षको अगस्टमा भएको भुटान भ्रमणका क्रममा भारतीय सहयोगमा माङदेचु जलविद्युत् आयोजनाको प्रारम्भ गरिनुका साथै दक्षिण एसियाली भूउपग्रहको ‘अर्थ स्टेसन’ निर्माणसम्बन्धी सम्झौता र भुटानमा भारतीय रुपे कार्डको शुभारम्भ गरिएका थिए । यस वार्षिक विकास समीक्षा बैठकमा भुटानसँग भारतको विकास साझेदारीका विषयमा छलफल गर्ने महत्वपूर्ण संयन्त्र हो ।

भारतले भुटानको १२औं पञ्चवर्षीय योजना अवधिमा व्यापार सहजीकरणका निम्ति भारु ४०० करोड तथा विभिन्न परियोजना कार्यान्वयनका लागि भारु ४ हजार ५०० करोड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा ५१ वटा ठूला तथा मझौला र ३५९ वटा साना विकास परियोजना कार्यान्वयनका विभिन्न चरणमा रहेको जनाइएको छ । भुटानको विकास प्रक्रियामा निरन्तर सहयोग गर्न भारत प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ । दुवै मुलुकबीच अर्को द्विपक्षीय छलफल आगामी सन् २०२० मा थिम्पुमा गर्न सहमति भएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com