निर्माण व्यवसायीका यन्त्र उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन माग

काठमाडौँ, मंसिर १६
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीका यन्त्र तथा उपकरणहरुमाथि अज्ञात समूहले श्रृङ्खलाबद्ध रुपमा आक्रमण तथा आगजनी गरेको भन्दै सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै विगत केही समययता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समूहबाट भइरहेको श्रृङ्खलाबद्ध आक्रमण तथा आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्ता घटनाले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणासहित भौतिक पूर्वाधारको विकासमा खटिएको सिङ्गो मुलुकलाई नै अतुलनीय क्षति हुने तथा भौतिक पूर्वाधारका कार्यहरु समयमा हुन नसकी राज्यले लिएको लक्ष्यसमेत पूरा हुन नसक्ने महासंघको भनाइ छ । यसैबीच राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको मध्यपहाडी लोकमार्गअन्र्तगत भोजपुर दिक्तेल सडकखण्ड निर्माण कार्य गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रालिको स्वामित्वमा रहेको चारवटा एक्स्काभेटरमा शनिबार राति अज्ञात समूहद्धारा ग्यारेजभित्रै आगजनी गरिएको महासंघले जनाएको छ । “आगजनीको यस घटनाबाट महासंघ स्तब्धसँगै आक्रोशित भएको छ” महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दिक्तेलको दोर्पामा ३ थान तथा भोजपुरको नौलेगाउँमा एक थान एक्स्काभेटरमा आगजनी गरिएको र आगजनीबाट करिब चार करोड रुपँयाँबराबराको क्षति भएको महासंघको विज्ञप्तिमा उल्लेख छ । साथै फेवा कन्स्ट्रक्सनले काम गरिरहेको बागलुङ नगरपालिका, पञ्चकोटको सडक निर्माणको कार्यमा प्रयोग गरिएको पहारी कन्स्ट्रक्सनको एक थान रोलरमा समेत अज्ञात समूहद्धारा आगजानी गरिएको महासंघले जनाएको छ । व्यवसायी र उनीहरुको उपकरणको सुरक्षालाई लिएर सरोकारवाला निकायहरुको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत यस्ता घटना दोहोरिनु ठूलो चिन्ताको विषय भएको विज्ञप्तिमा जनाइएको छ । 

“विविध चुनौतिका बाबजुद निर्माण कार्यमा अहोरात्र खटिने व्यवसायीहरुलाई पेशाबाट नै पलायन गर्नेगरी भएको यस्ता घटनाको महासंघ कडा शब्दमा निन्दा गर्दछ” विज्ञप्तिमा अगाडि भनिएको छ । विगतमा यस्ता घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याएका कारण नै एकपछि अर्को आक्रमण तथा आगजनीका घटना भइरहेको छ भन्दै महासंघले मुलुकमा दुई तिहाइको शक्तिशाली सरकार रहेको वर्तमान अवस्थामा समेत व्यवसायी र उनीहरुका उपकरण निरन्तर असुरक्षित भइरहनु ठूलो बिडम्बना हो भनेको छ ।

महासंघले विज्ञप्तिमार्फत घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न गृह प्रशासनसमक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायीसहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गरेको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com