दोलखामा राहदानी बनाउनेको संख्यामा वृद्धि

सुबास बस्नेत
दोलखा, मंसिर १६
दोलखामा गत वर्षको तुलनामा यस वर्ष राहदानी बनाउनेको संख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा तीन हजारको हाराहारीमा स्थानीय जिल्लाका महिला तथा पुरुषले राहदानीका लागि आवेदन दिएका छन् भने दुई हजारभन्दा बढीले राहदानी लिइसकेका छन् । पछिल्लो समयमा वैदेशिक रोजगारीका लागि तथा डीभी चिट्ठा पारेर अमेरिका जाने आशमा राहदानी बनाउनेको संख्यामा वृद्धि भएको हो । गरिबी र बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जानका लागि राहदानी लिने युवायुवतीको संख्या बढेको जिल्ला प्रशासन कार्यालय चरिकोटले जनाएको छ ।

जिल्लाका अधिकांश युवा कोरिया भाषा पढेर कोरिया जानको लागि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय आउने गरेको पाइएको छ । विदेशमा काम गर्न, पढ्न र घुम्न जानका लागि राहदानी बनाउने युवाहरूको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार आर्थिक वर्षको साउन महिनादेखि मंसिर १३ गतेसम्म दुई हजार नौ सय ४५ जनाले राहदानी लिएका छन् । साउनदेखि असोज महिनामा एक हजार दुई सयभन्दा बढीले अमेरिकाले जारी गरेको डीभीको लागि आवेदन दिन र राहदानी लिन युवाहरू आएको कार्यालयले जनाएको छ ।

विशेषगरी राहदानी लिनेमा युवा र शिक्षक रहेका छन् । एक पटक डीभी परेपछि लामो समय विदेशमै बसेर परिवारका अन्य सदस्य पनि लैजान मिल्ने वातावरण भएकाले पनि विद्यालयका शिक्षकहरूले पनि राहदानी लिएका हुन् । साथै कतिपयले वैदेशिक भ्रमणका लागि पनि राहदानी बनाउने गरेको कार्यालयले जनाएको छ । राहदानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका बैतेश्वरका विशाल बस्नेतले विदेशमा काम गर्न जानका लागि राहदानी बनाउन आएको बताए ।

उनले नेपालमा स्वरोजगार कार्यक्रम सरकारले गरे पनि लामो समयसम्म रोजगार नदिएकाले आफू विदेशिनु पर्ने बाध्यता रहेको बताए । सन्तान र श्रीमती पाल्नकै लागि वैदेशिक रोजगारमा जानुपर्ने आम युवाहरूको स्थिति रहेको छ । तामाकोशी गाउँपालिका जफेका हरि तामाङ पनि मलेसिया जानाको लागि भन्दै आइतबार राहदानी बनाउन चरिकोट आएका थिए । गरिबीको कारण आफू घरखर्च चलाउनका लागि नै विदेश जान लागेको सुनाए ।

कार्यालयबाट साधारण र दु्रत राहदानीका लागि आवेदन दिने धेरै रहेका छन् । राहदानी आवेदन दिनेमा पछिल्लो समय महिलाको संख्यामा वृद्धि भए पनि महिलाको तुलनामा पुरुष नै बढी रहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी अलौखबहादुर आलेले जानकारी दिए । दुई महिनाको अवधिमा सात सय ८३ जना महिला र एक हजार आठ सय ५१ जना पुरुषले राहदानी लिएको उनले बताए ।

उनका अनुसार विशेषगरी विदेशी राष्ट्र कोरिया, जापान, अमेरिका, अस्ट्रेलिया र खाडी मुलुक मलेसिया, दुबई, कतारलगायतका देशमा रोजगारीका लागि जान दु्रत राहदानीका लागि चार सय ९४ महिला र करिब नौ सय पुरुषले गरी एक हजार तीन सय जनाले कार्यालयमा आवेदन दिएका छन् । त्यसैगरी साधारण राहदानीका लागि तीन सय छ महिला र छ सय ६३ पुरुष गरी नौ सय ६३ जना आवेदन दिएको कार्यालयले जनाएको छ । कतिपयले भने जिल्ला प्रशासन कार्यालय दोलखाबाट राहदानीका लागि सिफारिस लगेर काठमाडौँबाट पनि राहदानी लिने गरेका छन् । गत आर्थिक वर्ष २०७५/०७६ मा भने तीन हजार एक सय ७७ ले राहदानी लिएका थिए । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com