कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक योगदान बढाइने

 

काठमाडौं, मंसिर १६
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग व्यवसाय क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । त्यसका लागि मन्त्रालय अभिभावकको भूमिकामा सहकार्य गर्न तयार रहेको उनले बताए । नेपाल उद्योग परिसंघमा आइतबार उद्योगी व्यवसायीहरुसँग अन्तर्क्रिया गर्दै मन्त्री भट्टले कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउन परिसंघसहित निजी क्षेत्रसँग मिलेर अघि बढ्ने बताए ।

 

मन्त्री भट्टले निर्यात व्यापारमा वस्तुहरुको प्राथमिकीकरण तथा विविधीकरण गर्न समेत मन्त्रालयले सहकार्य गर्ने जानकारी दिए । यसैगरी कम्पनी दर्ता प्रक्रियालाई सहज बनाउने प्रक्रिया अघि बढिसकेको पनि मन्त्री भट्टले बताए । परिसंघका अध्यक्ष सतिश कुमार मोरले नवनियुक्त मन्त्री भट्टको कार्यकालमा उद्योगीको तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताए ।

 

अध्यक्ष मोरले निर्यात व्यापारमा देखिएको यो उत्साहलाई कायम राख्न थप प्रवर्द्धनात्मक नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे । यसका लागि निकासी अनुदान प्याकेजको रुपमा नेपालबाट निकासी हुने वस्तुहरुमध्ये सीमित वस्तुलाई मात्र निकासीमा अनुदानको व्यवस्था रहेकोमा मूल्यअभिवृद्धिको आधारमा नेपालबाट निर्यात हुने सम्पूर्ण वस्तुहरुमा निकासी अनुदान दिने व्यवस्था मिलाउनका साथै डिम्ड एक्स्पोर्टको सुविधाको हकमा भौतिक पूर्वाधार निर्माणका लागि नेपालभित्र उत्पादित वस्तुहरुलाई निकासीसरह डिम्ड एक्स्पोर्टको सुविधा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने बताए ।

 

यसैगरी औद्योगिक व्यवसायलगायत अन्य ऐनले उद्योग तथा व्यवसायलाई दिएको सुविधा आर्थिक ऐनबाट कटौती नगर्ने व्यवस्था मिलाउन, निर्यातमा विविधीकरणका सन्दर्भमा निर्यात व्यापार प्रवर्द्धनका लागि बनाइएको नेपाल व्यापार एकीकृत रणनीतिलाई प्रतिस्पर्धी क्षमताका आधारमा थप वस्तु समेट्ने गरी पुनरवलोकन गरिनुपर्ने उनले माग गरे । परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले कानुनहरुलाई उद्योगमैत्री रुपमा सुधार गर्नुपर्ने, विद्युत्को गुणस्तर सुधार्नुपर्ने तथा दक्ष जनशक्ति उत्पादनमा लगानी बढाउनुपर्ने सुझाव दिए ।

 

कार्यक्रममा उपस्थित वरिष्ठ उद्योगी व्यवसायीहरुले मूल्य अभिवृद्धिको आधारमा नेपालबाट निर्यात हुने थप वस्तुहरुमा निकासी अनुदान दिने व्यवस्था मिलाउन आग्रह गरेका थिए । सँग–सँगै वर्षको बजेटमा उद्योग व्यवसाय एवं निर्यात प्रवर्द्धनका लागि राखिएका केही महत्वपूर्ण तर दीर्घकालीन महत्वका कार्यक्रम कार्यान्वयनमा तत्काल काम अघि बढाउन पनि उद्योगी व्यवसायीहरुले आग्रह गरेका थिए । उक्त कार्यक्रममा परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सिल र राष्ट्रिय परिषद्का सदस्यहरुको समेत उपस्थिति थियो ।

 

 

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com