एड्सका कारण कम्बोडियामा गत वर्ष १३ सय जनाको मृत्यु

 

न्होमपेन, मंसिर १६
एचआईभी एड्सका कारण कम्बोडियामा गत वर्ष सन् २०१८ मा मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ । सन् २०१० को तुलनामा यो तथ्यांक ४८ प्रतिशत कम भएको अधिकारीहरुले आइतबार जनाएका छन् । त्यतिबेला २५ सयभन्दा बढीको एचआईभी एड्सका कारण मृत्यु हुने गरेको डरलाग्दो तथ्यांक रहेको राष्ट्रिय एड्स प्राधिकरणका अध्यक्ष आइङ मौलीले जानकारी दिए । विश्व एड्स दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ८८० जना नयाँ एचआईभी संक्रमित थपिएको बताए ।

नयाँ थपिने बिरामीको संख्या पनि अहिले ६२ प्रतिशतभन्दा कम भएको तथ्यांकले देखाएको छ । ‘एचआईभी एड्स नियन्त्रणका लागि पछिल्लो दशक हामी निरन्तर सुधार गरिरहेका छौँ’, उनले भने । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमा ७३ हजार मानिस एचआईभी एड्ससहित बाँचेका छन् । कम्बोडियाका लागि संयुक्त राष्ट्रसंघका आवासीय दूत पौलिन तामेसिसले एचआईभी नियन्त्रणको प्रयासबाट सकारात्मक नतिजा आए पनि पूर्ण सन्तुष्ट हुने अवस्था भने नरहेको बताए । (रासस/सिन्ह्वा) 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com