जासुसी गरेको आरोपमा एयरबसका १६ कर्मचारी बर्खास्त

 

बर्लिन (जर्मनी), मंसिर १६
युरोपेली विमानकम्पनी एयरबसले आफ्ना १६ कर्मचारीलाई जासूसी गरेको आरोपमा बर्खास्त गरेको छ । उनीहरूले कम्पनीको नियमविपरीत अन्य संस्थाका लागि जासूसी गरेको आरोप लागेपछि बर्खास्त गरिएको हो । जर्मनीको राष्ट्रिय समाचार संस्था (डीपीए) का अनुसार एयरबसले १६ कर्मचारीलाई बर्खास्त गरेको पुष्टि गरेको छ तर यस विषयमा विस्तृत विवरण उनीहरूलाई दिइएको छैन । कम्पनी निकट स्रोतले भन्यो, ‘जर्मनीका अभियोजनकर्ताले जर्मनीको सुरक्षाकर्मीसँग सम्बन्धित दुई सुरक्षा कार्यक्रममा एअरबसका कर्मचारीमाथि आन्तरिक जासूसी गरेको आशङ्कामा अनुसन्धान गरिरहेका छन् ।’

‘हाम्रा केही कर्मचारीसँग उनीहरूसँग उपलब्ध नहुनुपर्ने कागजात भेटिएको छ’, स्रोतले भन्यो । उक्त स्रोतका अनुसार उनीहरूले म्यूनिकस्थित प्रोग्राम लाइन कम्युनिकेसन्स, गुप्तचर र सुरक्षा (सीआइएस) मा साइबर सुरषा तथा सम्बन्धित गतिविधिका लागि काम गर्थे । यस विषयमा एयरबसका उच्च अधिकारीलाई सोधिएको प्रश्नमा कम्पनीले बाह्य कानूनी फर्मको सहयोगमा आन्तरिकरूपमा अनुसन्धान वा समीक्षा गरिरहेको बताइएको छ । कम्पनीले सम्बन्धित अधिकारीलाई मुद्दामा अनुसन्धानका लागि समन्वय गरिरहेको छ, एअरबसले यसपहिले नै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । बर्खास्तमा परेका एअरबसका कर्मचारीसँगबाट सञ्चार प्रणालीलगायत अन्य बिषयमा सूचना लिने जर्मनीको सेनाका गोप्य फाइलहरू नियन्त्रणमा लिइएको जर्मनीको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । (रासस/एएफपी) 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com