टाटा र महिन्द्राको सवारीसाधन बिक्री ह्वात्तै घट्यो

 

नयाँ दिल्ली, मंसिर १६
भारतका दुई चर्चित सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्स र महिन्द्राको सवारीसाधन बिक्री दर नोभेम्बर महिनामा घटेको छ । गत महिनामा टाटा मोटर्सको २५.३२ प्रतिशत र महिन्द्राको ९ प्रतिशतले सवारीसाधन बिक्री घटेको भारतीय मिडियाले जनाएका छन् । टाटाका सवारीसाधन बिक्री उक्त दरमा घटेर नोभेम्बरमा ४१ हजार १ सय २४ युनिटमा झरेको छ । कम्पनीका अनुसार अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५५ हजार ७४ वटा सवारीसाधन बिक्री गरेको थियो ।

टाटाको घरेलु बिक्री पनि पछिल्लो वर्षको ५० हजार ४ सय ७० युनिटको तुलनामा २५ प्रतिशतले घटेर ३८ हजार ५७ युनिटमा झरेको छ । टाटाको यात्रु वाहनको बिक्री पनि ३९ प्रतिशतले घटेर १० हजार ४ सय युनिटमा आइपुगेको छ । गत वर्ष सोही अवधिमा १६ हजार ९ सय ८२ युनिट बिक्री भएको थियो । त्यस्तै व्यापारिक सवारीसाधन गत वर्ष नोभेम्बरमा ३७ हजार ९ सय ५७ युनिट बिक्री भएकोमा यसपालि सोही अवधिमा १९ प्रतिशतले घटेर ३० हजार ५ सय ८८ युनिटमा झरेको छ । 

यता, अर्को कम्पनी महिन्द्रा एण्ड महिन्द्राको कुल बिक्री नौ प्रतिशतले घटेर ४१ हजार २ सय ३५ युनिटमा झरेको छ । गत वर्ष सोही अवधिमा ४५ हजार १ सय १ वटा सवारीसाधन बिक्री गरेको कम्पनीको घरेलु बजारमा गत वर्षभन्दा ७ प्रतिशतले बिक्री घटेको छ । गत वर्ष ४१ हजार ५ सय ६४ वटा सवारीसाधन भारतमा बिक्री गरेको कम्पनीले यस वर्ष नोभेम्बरमा ३८ हजार ६ सय १४ वटा मात्रै बिक्री गरेको छ । यसबाहेक कम्पनीको बाह्य निर्यात २६ प्रतिशतले घटेर २ हजार ६ सय २१ मा झरेको छ ।

अघिल्लो वर्ष नोभेम्बर महिनामा कम्पनीले ३ हजार ५ सय ३७ वटा सवारीसाधन निर्यात गरेको थियो । महिन्द्राको यात्रु वाहन १० प्रतिशतले घटेर १४ हजार ६ सय ३७ वटामा झरेको छ । अघिल्लो वर्ष सोही महिना कम्पनीले १६ हजार १ सय ८८ वटा सवारीसाधन बिक्री गरेको थियो । कार, भ्यान, युटिलिटी भेहिकलहरुको बिक्री घटेको हो । त्यस्तै व्यापारिक प्रयोजनका सवारीसाधन बिक्रीमा पनि १२ प्रतिशतले घटेर १७ हजार ३ सय ८४ युनिटमा झरेको छ । गत वर्ष उक्त अवधिमा १९ हजार ६ सय ७३ वटा सवारीसाधन महिन्द्राले बिक्री गरेको थियो ।

यसैबीच, महिन्द्राको कुल ट्र्याक्टरको बिक्री पनि घटेर २१ हजार ३२ वटामा खुम्चिएको छ । एक वर्षअघि सोही समयमा कम्पनीले २५ हजार ९ सय ४९ वटा ट्र्याक्टर बिक्री गरेको थियो । भारतमै पनि उक्त सवारीसाधन बिक्री २० हजार ४ सय १४ युनिटमा झरेको छ । एक वर्षअघि २५ हजार १ सय ५९ वटा बिक्री भएको थियो । ट्र्याक्टर निर्यात समेत ६ सय १८ वटा मात्रै भएको कम्पनीले बताएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com