कराची, मंसिर १६
पाकिस्तान सरकारले शनिबार राति पेट्रलियम पदार्थको मूल्य घटाएको छ । यो डिसेम्बरका लागि लागू हुनेछ । पाकिस्तानी तेल तथा ग्यास नियामक प्राधिकरण (ओग्रा)ले अन्तर्राष्ट्रिय बजारमा घट्दो अवस्थामा रहेको भन्दै उक्त प्रस्ताव गरेपछि मूल्य घटाइएको डन अनलाइनले जनाएको छ । पाकिस्तानी अर्थ मन्त्रालयले सूचना जारी गर्दै पेट्रोलको भाउ प्रतिलिटर १ सय १३ रुपैयाँ ९९ पैसा (पाकिस्तानी मुद्रा) हुनेछ । अघिल्लो महिनाभन्दा यो २५ पैसा सस्तो हो । त्यस्ते लाइट डिजेल र हाइस्पिड डिजेलको मूल्य पनि घटेको छ । उक्त डिजेल क्रमशः २.९० र २.४० रुपैयाँ सस्तिएको छ । नयाँ दरअनुसार लाइट डिजेलको प्रतिलिटर ८२.४३ र हाइस्पिड डिजेल प्रतिलिटर १२५.०१ रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै मट्टितेल पनि डिसेम्बरका लागि ८३ पैसा सस्तिएर ९६.३५ रुपैयाँमा पुगेको छ । गत महिना पाकिस्तान सरकारले ७० करोड रुपैयाँ राजस्व उठाउन पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। केही महिनायता मूल्यवृद्धिको क्रम जारी रहेको थियो । पाकिस्तानमा पेट्रोल र एचएसडीले सरकारी राजस्वमा उल्लेख्य योगदान दिने गरेको छ । पछिल्लो समय पाकिस्तानमा इन्धन खपत पनि सोहीअनुसार बढेको छ । एचएसडी मात्रै ८ लाख टन बिक्री भएको बताइएको छ । त्यस्तै ७ लाख टन पेट्रोलको उपभोग भएको बताइएको छ ।
सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com