बजार परिसूचक सामान्य अंकले बढ्यो

 

 

 

काठमाडौं, मंसिर १६
सेयर बजार परिसूचक सामान्य अंकले उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक शून्य दशमलव शून्य सात अंकले उकालो लागेर ११ सय १२ दशमलव ८५ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन शून्य दशमलव पाँच अंकले ओरालो लागेर दुुई सय ४६ दशमलव १५ अंकमा झरेको छ । आइतबार कुुल एक सय ६१ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार तीन हजार सात सय ३४ वटा कारोबारमा छ लाख ७५ हजार ३८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम २० करोड ६३ लाख १४ हजार तीन सय २३ रुपैयाँ पुुगेको छ ।

 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा आइतबार १२ वटा समूहको कारोबार भए । जसअनुुसार छवटा समूहको सूचक उकालो लागेका छन् भने छवटा समूहको सूचक ओरालो लागेका छन् । सोअनुरुप वाणिज्य बैंक समूहको सूचक तीन दशमलव २९ अंकले ओरालो लागेर एक हजार १७ दशमलव ९२ अंकमा सीमित रहँदा विकास बैंक समूहको सूचक पनि आठ दशमलव ९२ अंकले ओरालो लागेर १५ सय २० दशमलव ९० अंकमा सीमित भएको छ ।

 

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि १९ दशमलव ३९ अंकले ओरालो लागेर तीन हजार नौ सय ५० दशमलव ९१ अंकमा सीमित हँंदा लघुुवित्त समूहको सूचक पनि छ दशमलव ८३ अंकले ओरालो लागेर १४ सय ७४ दशमलव एक अंकमा सीमित हुुन पुुगेको छ । यीबाहेक ट्रेडिङ र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १२ दशमलव ९३ र शून्य दशमलव शून्य आठ अंकले ओरालो लागेका छन् ।

यसदिन होटल समूहको सूचक भने चार दशमलव ४१ अंकले उकालो लागेर १७ सय ५१ दशमलव ३२ अंकमा चढेकोमा जलविद्युुत् समूहको सूचक पनि एक दशमलव ९९ अंकले उकालो लागेर नौ सय १३ दशमलव ४२ अंकमा चढेको छ । यसैगरी फाइनान्स समूहको सूचक पनि दुुई दशमलव ९४ अंकले उकालो लागेर पाँच सय ५७ दशमलव २४ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय २९ दशमलव ३६ अंकले उकालो लागेर पाँच हजार ८२ दशमलव २० अंकमा चढेको छ । यसैगरी उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः दुुई दशमलव ८७ र चार दशमलव १५ अंकले उकालो लागेका छन् ।

 

आइतबार कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य चार रुपैयाँ ७३ पैसाले बढेर आठ सय ४२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको पोखरा फाइनान्सको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ ४४ पैसाले बढेर एक सय ४१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक बेष्ट फाइनान्स, स्पर्श लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् ।

 

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको घोढाघोढी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९० पैसाले घटेर पाँच सय ८२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको समिट माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच रुपैयाँ २८ पैसाले घटेर सात सय ७१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड, पाँचथर पावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

 

आइतबार नबिल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंककोे प्रतिकित्ता सात सय २३ रुपैैयाँ अन्तिम मूल्यमा एक करोड ७५ लाख ८१ हजार नौ सय ८४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ८५ रुपैयाँ अन्तिम मूल्यमा एक करोड ७३ लाख २५ हजार सात सय ४९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com