Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा सेतो छडी हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा सेतो छडी हस्तान्तरण


काठमाडौं, पुस १०
महालक्ष्मी विकास बैंकले सेतो छडी हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गर्दै आइरहेकोमा थापाथली शाखाले देशको विभिन्न स्थानमा रहेका दृष्टिविहीन बालबालिका तथा युवाहरूको हक अधिकार सुनिश्चित गरी उनिहरूको वृत्तिविकासमा टेवा पु¥याउँदै अन्य व्यक्ति सरह जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यले स्थापित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई एक सय थान सेतो छडी हस्तान्तरण गरेको हो । दृष्टिविहीनलाई दैनिक क्रियाकलापका साथै हिँडडुल गर्न सहजहोस भन्ने हेतुले बैंकले सेतो छडी प्रदान गरेको हो । बैंकले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया