Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोस्रो वर्षमा

आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोस्रो वर्षमा


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरूको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरूपमा लिएर आएको छ । आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरूपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवाग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरूलाई दिने विश्वास कम्पनीले लिएको छ । लाइफ इन्स्योरेन्स कम्पनीहरूमध्ये च्याटबोटमार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आईएमई लाइफ इन्स्योरेन्सले आजभन्दा एक वर्ष पहिले आजकै दिनबाट च्याटबोट सेवा उपलब्ध गराएको हो ।

एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीद्वारा जनाइएको छ । थप सुविधा दिन तथा प्रविधिमैत्री बनाउनको लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स तथा डिजिटल प्रविधि अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाइएको छ । बितेको एक वर्षमा दैनिक औसतमा चार सय ५० जनाले च्याटबोट प्रयोग गर्नेगरेको र हालसम्म झन्डै एक लाख सत्तरी हजारवटा प्रश्नहरू आएको तथा च्याटबोटद्वारा समाधान गरिएको छ । यसबाट पनि उक्त च्याटबोट आजको प्रविधिमैत्री समाजमा अत्यन्त उपयोगी रहेको कुरा पुष्टि हुन्छ ।

सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरूको भरपर्दो उत्तर दिई छिटो छरितो रूपमा सेवा प्रदान गरी कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्ने गरी नयाँ स्वरूपमा आएको च्याटबोट आईएमई लाइफ डाइरेक्ट एक प्रकारले आईएमई लाइफको भर्चुअल कार्यालयको रूपमा आफूलाई उभ्याउन सफल हुने तथा बढीभन्दा बढी ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरूलाई सेवा दिन सफल हुनेमा आफू विश्वस्त रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया