Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिचन्द्रागिरि साकोसको १८औं साधारणसभा

चन्द्रागिरि साकोसको १८औं साधारणसभा


काठमाडौं, मंसिर २३
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रागिरि– ७ थानकोट महादेवस्थान काठमाडौँको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १४ प्रतिशत लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरणका साथै विभिन्न प्रस्तावहरू पारित गरेको छ । २०७६ असार मसान्तसम्ममा एक अर्ब ७२ करोड कुल सम्पत्ति रहेको संस्थाले चार करोड २५ लाख सञ्चालन मुनाफा हासिल गर्न सफल भएको थियो । २०७६ कात्तिक मसान्तसम्ममा संस्थाको कुल सम्पत्ति एक अर्ब ९३ करोड पुग्न सफल भएको छ ।

आव २०७५/०७६ को कारोबारबाट संस्थाले अग्रिम आयकर, बचतको ब्याजकर कट्टी, सामाजिक सुरक्षा करलगायत विभिन्न स्रोतमा करकट्टी गरी जम्मा एक करोड ६२ लाख रकम कर दाखिला गरी नेपाल सरकारलाई कर योगदान गरेको संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले जानकारी दिए । संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद मिश्रले प्रस्तुत गरेको लेखासुपरिवेक्षण समितिको प्रतिवेदन साधारणसभाबाट पारित भएको छ । यसका साथै सदस्यहरूमा ११ वटा प्रस्तावहरूमा छलफलका पारित गरेको छ ।

आव २०७६/०७७ मा एटीएम मेशिन सञ्चालन गर्नुको साथै बैंकमा रहेका सदस्यहरूको खातामा रकम ट्रान्सफर गर्ने सुविधा थप गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ जानकारी दिए । श्रेष्ठका अनुसार अनलाइन सदस्यता तथा ऋण प्रदान गर्ने, चन्द्रागिरि साकोसमा मात्र सदस्य बन्ने, सदस्यहरूलाई बचत र ऋणको ब्याजदरमा सुविधा र सहुलियत प्रदान गर्ने, वस्त्र सङ्ग्रह तथा वितरण केन्द्र सञ्चालन गर्ने लक्ष्य संस्थाले लिएको छ । सदस्यहरूको स्वाथ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, साना उद्योग तथा व्यवसाय स्थापना गरी स्वरोजगारी सृजना गर्न सहुलियत ऋणहरू प्रदान गर्ने संस्थाको लक्ष्य रहेको छ । संस्थाले एकीकरण र सेवा केन्द्र स्थापना गर्नेजस्ता लक्ष्यहरू राखेको छ ।

आव २०७६/०७७ मा संस्थाको कुल कारोबार दुई अर्ब २० करोड र सदस्य संख्या १३ हजार पु-याउने लक्ष्य लिएको प्रमुख श्रेष्ठले जनाकारी दिए । शनिबार सम्पन्न साधारणसभामा ७८ प्रतिशत सदस्यहरूको उपस्थिति रहेको थियो । संस्थामा ११ हजार चार सय ४१ जना सदस्य रहेको सहकारीले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया