५ सय ४६ वटा सहकारीस“ग सम्झौता

 

हिमा बि .क  ,
काठमाडौं, वैशाख १,
 
 
 
तथा साना व्यवसायी स्वरोजगार कोषको ऋण रकम वितरणका लागि ७० जिल्लाका ४ सय ४६ सहकारी संस्थाहरुसँग सम्झौता भएको छ । 
कोषका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले स्वरोजगार कोषले केही बैंक र सहकारी संस्थाहरुमा १ अर्ब रुपैयाँ ऋणको सम्झौता गरेको  बताउनु भएको छ । कोषको नियमअनुसार २०६९ भदौ ३ गते ऋण उपलब्ध गराउनका लागि कोषले सूचना प्रस्ताव आह्वान गरेकोमा देशभरीका १३ सय ११ सहकारी संस्थाहरुले प्रस्ताव गरेको जानकारी कोषले दिएको छ । 
मनाङ र मुस्ताङबाट कुनै पनि प्रस्ताव आएकोले बाँकी प्रस्ताव आएका ५ सय ४६ सहकारी संस्थाहरुमा १ अर्ब ९८ करोड रुपैयाँ यस कोषबाट स्वीकृत भएको छ । यसमा पहिलो किस्ताबापत ३० प्रतिशतले हुने ५९ करोड ४० लाख निकासा भइसकेको र अहिलेसम्म कोषले १२ हजार बेरोजगार युवाहरुलाई स्वरोजगार कर्जा दिइसकेको जानकारी कोषले दिएको छ ।  
उपाध्यक्ष रेग्मीले अझै पनि बैंक र वित्तीय संस्थाहरु सहर तथा सदरमुकाम केन्द्रित भएकोले सहकारी संस्थाहरुमार्फत कोषको ऋण रकम गाउँ–गाउँमा पुग्न सक्ने भएकोले सहकारी संस्थाहरुमार्फत ऋण रकम प्रवाह गरिएको बताउनुभयो । उहाँले ग्रामीण स्थानमा रहेका बेरोजगार युवाहरुसम्म पनि कोषको रकम पुगोस्, लक्षित वर्गले यसको उपयोग गरुन् र ग्रामीण स्तरमा सहकारी संस्थाहरुको पहुँच पुग्ने भएकोले सहकारी संस्थाहरुद्वारा ऋण उपलब्ध गराइएको बताउनु भएको छ । 
त्यसैगरी ०६९÷७० मा प्रारम्भिक सहकारी संस्थाहरुमा लगानी तथा ऋण उपलब्ध गराउने ५ वर्षसम्ममा ऋण चुक्ता गर्नु पर्ने र सहकारी संस्थाहरुले भने ४२ महिनामा ऋण चुक्ता गर्नुपर्ने प्रावधान रहेको जानकारी दिएको छ । सहकारी संस्थाहरुमा महिलाहरुको संख्या ५० प्रतिशत भएका सहकारीलाई प्राथमिकतामा राखिएको छ ।
हाल पहिलो किस्ताको रकम बेरोजगार युवामा लगानी गरिएको र दोस्रो किस्ता माग गरिएको अवस्था छ । स्वरोजगार कोषले भक्तपुर र ललितपुरको स्थलगत अनुुगमन सकिएको र आन्तरिक छनौट प्रक्रिया भइराखेको र काठमाडौंमा अनुगमन सुरु भइरहेको जानकारी दिएको छ । 
तत्कालका लागि काठमाडौं, ललितपुर र भक्तपुरका सहकारी संस्थाहरुको छनौट प्रक्रियाबाट छनोट गरी लगानी गरिने छ । यस आर्थिक वर्षमा ५ अर्ब रुपैयाँको लगानी हुने अनुमान कोषले गरेको छ ।
 

प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com