धनुषाका ८७ भ्रष्टविरुद्ध मुद्दा


आर्थिक संवाददाता,
काठमाडौं, वैशाख २ ।


 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समिति धनुषाका निमित्त स्थानीय विकास अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले १ करोड १३ लाख ९८ हनार ३ सय ८३ रुपैयाँ विगो दाबी गर्दै विशेष अदादतमा मुद्दा दायर गरेको हो ।
आयोगले जिल्ला विकास समितिको कार्यालय धनुषाबाट आव ०६८÷०६९ मा सञ्चालित सडक निर्माण, सडक मर्मत तथा अन्य पूर्वाधार निर्माणसम्बन्धी योजनाहरुमा निकासा भएको रकम जिल्ला विकास समितिको कार्यालय धनुषाका कर्मचारीको मिलेमतोमा हिनामिना एवम् अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी÷निवेदनका आधारमा विस्तृत अनुसन्धान हुँदा कमजोरी भएको पाइएकोले मुद्दा चलाइएको जनाएको छ ।

 
धनुषा जिल्ला विकास समितिको कार्यालयले आव ०६८÷६९ मा सञ्चालन गरेका विभिन्न योजनाहरुमा निर्धारित गुणस्तरभन्दा कम गुणस्तरको काम गरे गराएको, निर्धारित सर्त र मापदण्डविपरीत योजनाहरु सञ्चालन गरेको, निर्माण कार्य नै नगराई झूटा बिल भरपाई तयार गरी भुक्तानी लिने दिनेसमेतको कार्य गरी बल्हा बोर्डरदेखि डुमरिया चोकसम्मको सडक मर्मत कार्य गरे गराएकोलगायतका विभिन्न २५ आयोजनामा भ्रष्टाचार भएको अख्तियारको ठहर छ । धनुषाका निमित्त स्थानीय विकास अधिकारी लक्ष्मीनारायण महतो, जिल्ला प्राविधिक कार्यालय धनुषाका निमित्त प्रमुख इ. विनोदकुमार ठाकुर,  देवेन्द्र अधिकारी, ज्ञानेन्द्रकुमार देव, विन्देश्वर वनरइत, जिल्ला विकास समितिको कार्यालय धनुषाका लेखा अधिकृत मदनमोहन लाल कर्ण, लेखापाल जीवनाथ चौधरीसमेत १६ जना कर्मचारीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) को खण्ड (ख), (ग), (घ) र 
(ङ) मा उल्लेख भए अनुसारको कसुर गरेको आयोगको निष्कर्ष छ ।


 
आयोगले सोही ऐनको दफा १७ बमोजिम जिल्ला विकास समितिको सम्पत्ति लापरबाहीपूर्ण तरिकाले बदनियत चिताइ हानिनोक्सानी गरेको पुष्टि हुन आएकोले यी प्रतिवादी १६ जना उपर उक्त ऐनको दफा ८(१) मा व्यवस्थित सजाय हुनका साथै दफा ३(१) बमोजिम जरिवाना हुन तथा दफा ३(१) को खण्ड (घ), (ङ), 
(च), (छ), (ज) तथा (झ) बमोजिम कैद हुन र नोक्सानी हुन गएको बिगो रकम निजहरुबाट जिल्ला विकास समितिको कार्यालय धनुषालाई दिलाई भराई पाउन माग गरेको छ । साथै उक्त २५ वटा आयोजनाका उपभोक्ता समितिका ७१ जना पदाधिकारीहरुले जिल्ला विकास समितिले निर्धारण गरेको कार्यविधि तथा सम्झौताका सर्तहरु पालना नगरी नेपाल सरकार 
(जिविस धनुषा) लाई हानिनोक्सानी र आफूहरुलाई गैरकानुनी लाभ पु¥याउने गरी बदनियतपूर्वक काम गरेकोले निजहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको सोही दफा तथा उपदफाबमोजिम सजाय हुन तथा बिगोबमोजिम जरिवाना गरी पाउन उल्लिखित ८७ जना प्रतिवादीहरु उपर कुल बिगो सरकारी रकम हिनामिना तथा हानिनोक्सानी एवं दुरुपयोग गरी भ्रष्टाचार गरेको माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com