गोविन्दलालका छोराहरुले बैंक कर्जा तिरेनन्


आर्थिक संवाददाता,
काठमाडौं, वैशाख २,


 
कुनै समय नेपालमा सुनको मूल्य निर्धारण गर्ने सुन व्यवसायी गोविन्दलाल श्रेष्ठका तीन जना छोराहरु शैलेन्द्र, रोमीलाल र नेभी श्रेष्ठले बैंकबाट लिएको कर्जाको साँवाब्याज समयमै नतिरेको कारण कालोसूचीमा पर्ने भएका छन् । सनराइज बैंकले तीन दाजुभाइले लिएको कर्जाको साँवाब्याज ३५ दिनभित्रमा नतिरे कालोसूचीमा राखेर कर्जा असुल गर्ने व्यहोराको सूचना प्रकाशित गरेको छ ।

 
बैंकले सोमबार एक दैनिक पत्रिकामा कर्जा चुक्ता गर्न आउने व्यहोराको ३५ दिने सूचना प्रकाशित गरेको हो । सूचनामा कर्जा तिर्न पटक–पटक लिखित र मौखिक जानकारी गराउँदा पनि बेवास्ता गरेकोले सूचना प्रकाशित गरिएको जनाइएको छ । ३५ दिनभित्रमा कर्जाको साँवाब्याज चुक्ता नगरे धितो लिलामी गर्ने तथा ऋणीलाई कालोसूचीमा राखेर कानुनी कारबाही अगाडि बढाइने जनाइएको छ । श्रेष्ठ दाजुभाइले कमलादीको एसजी कम्प्लेक्स तथा त्यसले चर्चेको जमिन धितो राखेर सनराइज बैंकबाट कर्जा लिएका थिए । बैंकले समयमै कर्जा नतिरे कमलादीको कित्ता नं १८१३ र १८१४ को क्रमशः ०–६–१–२ र ०–३–०–० क्षेत्रफलको जग्गा र सो जग्गाले चर्चेको लिग लगापातसमेत धितो रहेको जनाएको छ । यस्तै सुलक्स इन्कर्पोरेटेड प्रालिको नाममा डिल्लीबजार मालपोत कार्यालयमा दर्ता रहेको कमलादीकै कित्ता नं ३७६ र ३१५८ को क्रमशः ०–६–३–२ र ०–७–१–१ क्षेत्रफलको जग्गा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com