याहूको विज्ञापन आम्दानीमा गिरावट

 

 

एजेन्सी,
न्युयोर्क, वैशाख ५,


याहूको इन्टरनेट विज्ञापन आम्दानी वर्तमान वर्षको पहिलो तीन महिनामा अझ घटेको छ, जसबाट कम्पनीको प्रदर्शनमा व्यापक परिवर्तनलाई लिएर पुनः आशङ्का व्यक्त गरिएको छ । याहूले नौ महिना पहिला गुगलबाट मेरिसा मेयरलाई ल्याएर आफ्नो प्रमुख कार्यकारी अधिकारी बनाएको थियो । यद्यपि मेयरले केही चमत्कार गर्नुहुने अपेक्षा गरिएको थियो । 
मेयरले विश्लेषकहरूलाई उहाँको योजनाहरूले काम गरिरहेको भन्दै आश्वस्त पार्नुभएको छ । उहाँले उहाँको योजनाहरूले अन्ततः अनलाइन सेवाहरूको प्रयोग अर्थात् उपयोगकर्ता बढ्ने र अधिक विज्ञापन आम्दानी हुने बताउनुभयो ।


यद्यपि उहाँले याहूलाई गुगल र फेसबुकजस्ता अन्य इन्टरनेट कम्पनीहरूको जस्तै वृद्धि बनाउन अभैm केही वर्ष लाग्ने पनि बताउनुभयो । 
मेयरले अस्ति मङ्गलबार भन्नुभयो– ‘हामी त्यही मार्गमा छौं जुन हामीले गर्नका लागि भनेका थियौं ।’ मेयरले कार्यकारी प्रमुखको पद सम्हालेपछि याहूको वार्षिक आम्दानीमा सन् २०१२ मा दुई प्रतिशतले वृद्धि भएको छ । सो आम्दानी यस वर्ष अझ बढ्ने अपेक्षा गरिएको छ । उता याहूको कुल आम्दानी हालैको त्रैमासिकमा सात प्रतिशतले घटेको छ । डिस्प्ले विज्ञापनबाट कम्पनीको आम्दानीमा ११ प्रतिशतले गिरावट आएको छ । यो गत वर्ष ४० करोड २० लाख डलर थियो ।

प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com