मार्च महिनामा युरोपमा कारको बिक्रीमा पुनः गिरावट


एजेन्सी,
लन्डन, वैशाख ५,


 
एक वर्ष अघिको तुलनामा युरोपभर कारको बिक्री १० दशमलव तीन प्रतिशतले कमी आएको छ, जुन लगातार १८ औं महिनाको गिरावट हो । एसोसिएसन अफ युरोपिएन कारमेकर्सका आँकडाहरूले अधिकांश कार निर्माताले बिक्रीमा गिरावट आएको देखाएको छ । यसमा पेउजियोट सिट्रोन र टोयोटा सबैभन्दा नराम्ररी प्रभावित भएका छन् । युरोपभर आर्थिक वृद्धिमा कुनै वृद्धि नभएको जारी अवस्थाले कारहरूको बिक्रीलाई करिब छ वर्षसम्म दबाएको छ । बेलायतमात्र त्यस्तो एक मात्र युरोपेली मुलुक हो जहाँ कारको बिक्री बढेको छ । 
बेलायतमा कारको बिक्री पाँच दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । युरोजोनमा सबैभन्दा राम्रो प्रदर्शन गरेको अर्थतन्त्र जर्मनीमा कार बिक्रीमा सबैभन्दा ठूलो १७ दशमलव एक प्रतिशतले गिरावट आएको छ र त्यसपछि ठीक दोस्रो स्थानमा रहेको फ्रान्समा १६ दशमलव दुई प्रतिशतले कमी आएको छ । ‘युरोपेली अर्थतन्त्र कमजोर भइरहेको रूपमा कार उद्योग पनि पीडित भएको छ’– मोटर उद्योग विश्लेषक तथा वारविक बिजिनेस स्कुलमा रणनीतिक व्यवस्थापनका एसोसिएट प्रोफेसर क्रिस्चिएन स्टेड्लरले भन्नुभयो । नयाँ कारहरूका खरिदकर्ताहरूलाई व्यापक प्रोत्साहनको प्रस्तावका बाबजुद कारको बिक्रीमा गिरावट आएको छ । शीर्ष पाँच बजारहरू जर्मनी, बेलायत, फ्रान्स, इटाली र स्पेनमा औसत खुद्रा बिक्री प्रोत्साहन १३ प्रतिशतले वृद्धि भएर प्रति सवारीसाधन दुई हजार चार सय युरो भएको थियो । 


 
हाइब्रिड बिक्री


 
गत महिना युरोपमा १३ लाख १० हजार कार दर्ता भएका थिए । एक वर्ष अघिको तुलनामा १६ प्रतिशतभन्दा बढीले बिक्रीमा गिरावट आएसँगै पेउजियोट र टोयोटा सबैभन्दा नराम्ररी प्रभावित निर्माताहरू भएका थिए । बिक्रीमा १५ प्रतिशतको गिरावटसँगै भोक्सवेगन पनि तीव्र गिरावटमा दरिएको निर्माता भएको छ र अमेरिकी कार निर्माता जनरल मोटरको बिक्री १२ दशमलव आठ प्रतिशतले कम भएको थियो । 
 
 
पेउजियोटले यस वर्ष कारको बिक्रीमा पाँच प्रतिशतसम्मले गिरावट आउने पूर्वानुमान गरेको छ, यद्यपि प्रमुख कार्यकारी अधिकारीले परिदृश्य खराब भएको छ भन्ने मार्गनिर्देशन दिएको थियो । एक्काईस प्रतिशतको वृद्धिसँगै जगुआर मात्र गम्भीर फाइदा हासिल गर्ने कार निर्माता भएको थियो । मर्सिडिजले पनि बिक्रीमा वृद्धि भएको देखेको छ तर उसको बिक्री शून्य दशमलव आठ प्रतिशतले मात्र बढेको छ । ‘कम्पनीहरूले उछालको प्रवृत्ति हासिल गरिरहेका छन्, जस्तो जगुआर ल्यान्ड रोभर जो उदीयमान बजारहरूमा अत्यन्त राम्रो स्थितिमा छ र तपाई ती उच्च अन्तिम ब्रान्डहरूको धनी ग्राहकहरूमा रहेको उद्देश्यले नराम्रो तरिकाले नगरिरहेको देख्नुभएको छ’– स्टेड्लरले भन्नुभयो– ‘यसप्रकारले कार कम्पनीहरूको स्थिति युरोपेली मन्दीको सबैभन्दा खराब अवस्थालाई पन्छाउन सफल हुनेछन् ।’ 

 
सन् १९९७ मा आफ्नो पाइरस मोडेलसँगै पेट्रोल–इलेक्ट्रि हाइब्रिड सवारीसाधनहरूको अग्रणी कम्पनी रहेको टोयोटाले अर्को छुट्टै घोषणामा यी बिक्रीहरू र उसका अन्य हाइब्रिड मोडेलहरूले अहिले ५० लाखको सङ्ख्यालाई पार गरेको बताएको छ । टोयोटाले मार्चको अन्त्यसम्ममा उसले कुल ५१ लाख २५ हजार हाइब्रिड सवारीसाधनहरू बिक्री गरेको बताएको छ । सो सङ्ख्या उसको कुल अन्तर्राष्ट्रिय बिक्रीको १४ प्रतिशत हो ।

प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com