काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटालाई पक्राउ गरिएको हो ।
प्रवक्ता रेग्मीका अनुसार सूर्यलाल चौधरीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिनेश सापकोटा भएको बैंकिङ कसुर र ठगीसम्बन्धी कसुर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति समेत प्राप्त भएको सापकोटालाई प्रहरी टोलीले खोजतलास गर्ने शनिबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ दुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ परेका सापकोटालाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
क्याटेगोरी : बिबिध, सुरक्षा अपराध
ट्याग : #page 2
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया