खुम्बुमा पर्यटन आवागमन ८२ प्रतिशतले घट्यो
सोलुखुम्बु । विश्वकै प्रमुख पर्यटकीय गन्तव्य सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आवागमन ८२ प्रतिशतले घटेको छ । असार महिनाको तुलनामा साउनमा ८२ दशमलव ६५ प्रतिशतले पर्यटक आवागमन घटेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
निकुञ्जको तथ्याङ्कअनुसार गत असारमा एक हजार एक सय ९९ जनाले सगरमाथा क्षेत्र भ्रमण गरेकोमा साउनमा घटेर दुई सय आठ जनामा सीमित बनेको छ । जुन प्रतिशतको हिसाबले ८२ दशमलव ६५ र संख्यात्मक हिसाबले नौ सय ९१ जनाले कमी हो ।
भ्रमणकर्तामध्ये अधिकांश विदेशी छन् भने केही संख्यामा आन्तरिक पर्यटकहरू पनि रहेको निकुञ्जका सूचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिए । असार, साउनलाई खुम्बुमा अफसिजन नै मनिए पनि असारमा अफसिजन पर्यटकको आवागमन उत्साहजनक थियो । तर साउनमा भने यो संख्यामा अत्यधिक गिरावट आएको छ । साउनमा निरन्तर मौसम प्रतिकूलताका कारण हवाई उडान हुन नसक्दा पर्यटक आवागमन प्रभावित बनेको निकुञ्जले जनाएको छ । मौसम खुलेको समयमा तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान तथा अवतरण बाक्लिने गरेको छ । सोही कारण निकुञ्ज क्षेत्र प्रवेश गर्ने पर्यटकको संख्या उत्साहजनक हुने गर्छ । तर मौसममा खराबी आउनेबित्तिकै उक्त संख्या घट्ने गरेको सूचना अधिकारी मण्डलले बताए ।
साथै, नेपाल नागरिक उड्ययन प्राधिकरणले दुर्घटना न्यूनीकरणका लागि भन्दै दुर्गम भेगका विमानस्थलमा उडान तथा अवतरणमा थप नियम लागू गरेका कारणले गर्दा पनि लुक्लाको उडानमा ह्रास आएको विमानस्थल स्रोतले जनाएको छ । वर्षात्को समयमा हेलिकोप्टर उडानमा समेत प्रधिकरणले कडाइ गरेको छ भने जसका कारण खुम्बुको पर्यटक आवागमनमा ह्रास आएको जानकारहरू बताउँछन् । खुम्बु भ्रमणका लागि आउने पर्यटकले हवाई मार्ग नै प्रयोग गर्ने गर्छन् । लुक्लासम्म सडक नपुगेका कारण केही पर्यटकले मात्रै स्थलमार्गको प्रयोग गर्ने गरेका छन् । सल्लेरीबाट काँडेथाम डाँडासम्म कच्ची सडक पुगेको भए पनि वर्षात्ले सडक जीर्ण हुँदा सल्लेरी–थामडाँडाको यात्रा कष्टकर रहेको यात्रुहरू बताउँछन् ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
- चिनियाँ: प्रा. डा. झा सम्झौताको कार्यान्वयन चाहन्छन्
- दाङमा बस दुर्घटनाहुँदा १४ यात्रु घाइते
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया