Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमजदुरहरुलाई राहत वितरण

मजदुरहरुलाई राहत वितरण


काभ्रे वैशाख २१
जिल्लाको बनेपा नगरपालिका क्षेत्रमा रहेका मजदुरहरुलाई राहत वितरण गरेको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर शुक्रबार अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा समितिको पहलमा द बर्गर हाउस एण्ड क्रण्ची फ्राइट चिकेनले मजदुरलाई राहत वितरण गरिएको हो । वाग्मती प्रदेशका प्रदेशसभा सदस्य बसुन्धारा हुमागाईले महासंघ र द बर्गर हाउसले राहत वितरण गरेर श्रमजीवी मजदुरको पक्षमा कोही छ भन्ने सन्देश दिएको बताए ।

महासंघ बनेपा समिति र द बर्गर हाउसले प्रदेश सभा सदस्य हुमागाईको विशेष उपस्थितमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई लक्षित गरी राहत वितरण गरेका हुन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक गुजारा गर्नुपर्ने मजदुरहरुमा खाद्यान्न अभाव भएकोले राहत वितरण गरिएको महासंघ बनेपा समितिका इन्चार्ज राजन अधिकारीले जनाकारी दिए । उनका अनुसार मजदुरहरुलाई १५ केजी चामल, दुई केजी दाल, हाप लिटर तेल, एक पोका नुन र दुई वटा साबुन लगायतका सामाग्री वितरण गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया