Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसरसफाइकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

सरसफाइकर्मीलाई स्वास्थ्य सामग्री सहयोग


काठमाडौं, वैशाख २१
इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल)ले विश्वव्यापी रुपमा फैलिएको कोभिद १९ रोगबाट बच्न सफाइकर्मीहरुलाई मास्क, बूट जुत्ता र पन्जा सहयोग गरेको छ । उक्त सामग्रीहरु आईडिया नेपालका अध्यक्ष बिन्द्रा कछिपपि प्रधान, सचिव प्रार्थना भट्टराई र सदस्य सुशील सिवाकोटीले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई महानगर कार्यालयको परिसरमा हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा महानगर प्रमुख महर्जनले सहयोगको निम्ति आईडिया नेपालको प्रशंसा गर्दै कोरोना भाइरसको चुनौती सामना गर्न ललितपुर महानगरपालिकाले गरेका विभिन्न क्रियाकलापबारे जानकारी दिए । आईडिया नेपालका अध्यक्ष बिन्द्रा कछिपति प्रधानले कोभिदको महामारीको समयमा पनि खटिरहेका सफाइकर्मीहरुलाई केही राहत सहयोग उपलब्ध गराउन पाउँदा गौरवान्वित भएको बताइन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया