Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएसईई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न ‘प्याब्सन’को आग्रह

एसईई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न ‘प्याब्सन’को आग्रह


काठमाडौं, वैशाख २४
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले कोरोना भाइरसको रोकथामका लागि जारी गरिएको लकडाउनका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्यांकनलाई आधारमा मान्न आग्रह गरेको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले मंगलबार एक विज्ञप्ति जारी गरी कानुनी बाधा अड्चन हटाई आन्तरिक मूल्यांकनलाई आधार मान्ने गरी आवश्यक निर्णय गर्न नेपाल सरकारसँग आग्रह गरेका हुन् ।

सरकारले परीक्षा सञ्चालनको वैकल्पिक उपायहरूबारे विमर्श गरिरहेका बेला प्याब्सनले विसं २०७६ को परीक्षामा सम्मिलित हुने विद्यार्थीका लागि मात्रै लागू हुनेगरी आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने जनाएको हो । कोरोना महामारीका कारण परीक्षा स्थगन हुँदा विद्यार्थी र अभिभावकमा मानसिक तनाव र अन्योल सिर्जना भएको प्याब्सनले जनाएको छ । गत चैत ६ गतेदेखि हुने तय भएको एसईई परीक्षा चैत ५ गतेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो । त्यसपछि कक्षा ११ र १२ का परीक्षा पनि स्थगन गरिएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया