Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना कोषमा सुनचाँदी व्यवसायी महासंघको सहयोग

कोरोना कोषमा सुनचाँदी व्यवसायी महासंघको सहयोग


काठमाडौं, वैशाख २५
नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयका सचिव नारायणप्रसाद बिडारीलाई सो रहयोग रकमको चेक हस्तान्तरण गरेको हो । साथै महासंघले आफ्ना जिल्लानगर संघवाट राहत तथा उद्धार कार्यमा खर्च गर्ने गरी कुल खर्चको ४० प्रतिशत हुने गरी २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

महासंघले उपलब्ध गराएको यो रकमका जिल्ला तथा नगर संघले ४० लाख थपगरी राहत तथा सहायता उपलब्ध गराउनेछन् । विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले सुनचाँदी व्यवसायी महासंघका तर्फबाट यो सहयोग उपलब्ध गराइएको महासंघका अध्यक्ष मोहन कुमार सुनारले बताए ।

महामारीविरुद्ध लड्न सरकारले गरेका निर्णयहरुको पूर्णरुपमा पालना गर्दै यस्तो विकराल अवस्थामा सरकारले चाल्ने प्रत्येक कदममा सुनचाँदी व्यवासयीहरुको तर्फबाट हरसम्भव सहयोग गर्ने उनको भनाइ छ । व्यवसायीहरुको तर्फवाट ६१ जिल्लाहरुमा विभिन्न किसिमका आर्थिक सहयोगका राहत वितरणका कामहरु गरिँदै आएको उनले बताए ।

दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एसोसिएट सदस्यहरु मार्फत विभिन्न किसिमका खाद्य सामग्रीहरु वितरण गर्ने कार्यसमेत अगाडि बढाउन लागेको छ ।

महासंघले यसअघि २०७२ को विनासकारी भूकम्पका बेला पनि २५ लाख रुपैयाँ आर्थिक सहयोग सरकारलाई उपलब्ध गराएको थियो । महासंघका अध्यक्ष अध्यक्ष मोहनकुमार सुनारको नेतृत्वमा गएको सुनचाँदी व्यवसायीहरुको प्रतिनीधिमण्डलमा महासंघका अध्यक्ष मोहन कुमार सुनार, वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्ष पवन कुमार सोमानी, महासचिव धर्मसुन्दर बज्राचार्य र कोषाध्यक्ष महेन्द्ररत्न शाक्यको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया